रामेछाप । करदाता सेवा कार्यालय रामेछापले उमाकुण्ड गाउँपालिकाको बाम्तीमा एक दिने करदाता शिक्षा कार्यक्रम संचालन गरेको छ ।
शनिबार वाम्तीमा भएको करदाता शिक्षा कार्यक्रममा उमाकुण्ड गाउँपालिको विभिन्न क्षेत्रमा रहेका उद्योगी व्यवसायीहरुलाई कर लाग्ने बस्तु तथा सेवाका प्रकार, करमा दर्ता र नविकरण प्रकृया तथा सो मा लााग्ने शूल्क लगाएतका विषयमा प्रकाश पारिएको थियो ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नबिनकुमार थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा करदाता सेवा कार्यालय मन्थलीमा निमित्त कार्यालय प्रमुख कृष्ण प्रसाद आचार्यले कर सम्बन्धि कार्यपत्र र रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविन केसी घिमिरे रामेछाप उद्योग वाणिज्य संघका गतिविधिको बारेमा प्रकाश पारेका थिए । उमाकुण्ड २ बाम्तीका वडा अध्यक्ष खम्बवहादुर वस्नेतको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका विशिष्ट सदस्य जयप्रकाश श्रेष्ठले व्यवसायीहरुले पालना गर्नु पर्ने आचार संहिताको बारेमा प्रकाश पारेका थिए ।
