रंजित चौरसिया, वीरगंज,
वीरगंज बैशाख १७ गते । पर्सा जिल्लामा बढ्दै गएको कोरोना सन्क्रमितलाई निहाल्दै जिल्ला प्रशासन कार्यालय पर्साले बिरगंजमा निशेधाज्ञा जारी गरेपनी केही भ्रष्ट कर्मचारीले सीमा नाकालाइ कमाउ धन्दाको रूपमा प्रयोग गरेको पाइएको छ । बिरगंज शहरमा निशेधाज्ञा जारी रहेपनी सीमा नाकालाइ केही सशस्त्र प्रहरीका कर्मचारीले कमाउ धन्दाको रूपमा प्रयोग गर्दै आएको प्रष्ट भएको हो ।
नेपाल र भारतको सीमा नाका सुरक्षा लगायत सीमामा हुने गतिविधिको बिषयमा सशस्त्र प्रहरीलाई जिम्मेवारी दिएपनी केही भ्रष्ट कर्मचारीहरूले सीमा नाकालाइ कमाउ धन्दाको रूपमा प्रयोग गर्दै आएको प्रष्ट भएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिने स्कवाड टोलिका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल थापाको साथ साथै सीमामा खटिने बिओपी प्रमुखहरूको इशारामा पर्सा जिल्लाको सीमा नाका हुँदै निर्वाध रूपले मालसामान आयात निर्यात हुने गरेको पाइन्छ ।
नेपाल र भारतको सीमामा पर्ने श्रीसिया, भन्सार, अलौ, सबैठवा, भिस्वा, सुवर्णपुर लगायतको ठाउहरूबाट स्क्वाड टोलिकै इशारा पाउनसाथ तस्करी कार्य सुचारू भएपनी माथिल्लो निकायको मौनताले प्रश्न चिन्ह खडा गरेको छ । नूनदेखी सुनसम्मको तस्करी हुने ठाउमा स्कवाड टोलिको मौनताले डिएसपी निर्मल थापा माथी शन्काको बिषय उतपन्न भएपनी एउटा अडियो रेकर्डबाट स्कवाड टोलि र तस्कर बिचको साटघाट रहेको बिषयमा प्रमानित गर्दछ ।
स्कवाड टोलिको नामले बढ्दै गएको आतन्कका कारण सर्वसाधारण आजित भएका छन भने तस्कर संगठनको लागि सुनौलो अवसरकै रूपमा रहेको छ । यो समयमा बिरगंजवासी र ग्रामिण भेगमा रातिको समयमा हिडडुल गर्न बन्द भए पश्चात् नुनदेखी सुनसम्मको तस्करी सुरू हुने गर्दछ । माथिल्लो निकायको टोलि लगायत बाहिरको टोलि लाइनमा आएको÷नआएको बिषयमा सशस्त्र प्रहरीले रूटको लाइन समेत हेर्न जाने गरेको प्रहरी श्रोतले जनाएको छ । यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।
तस्कर र सशस्त्र प्रहरी नायब उपरीक्षक थापा बिच साटघाट रहेको खुलासा
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
22 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
