कमल साह, जनकपुरधाम
जनकपुरधाम, चैत्र २९ गते । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दैनिक आयात गर्ने सुनको कोटा बढाएर २० किलो पु¥याएपनि बजारको मांग भन्दा कम रहेको छ । यसले गर्दा दैनिक एक करोड रुपियाँ ग्राहक वर्गबाट भईरेको अनुमान गरिन्छ ।
किनकि प्रति तोला झण्डै पाँच हजार बढी मोल सुनका ग्रहक वर्गबाट असुल भईरहेको छ । जनकपुरधामका सुन व्यावसायीहरुले प्रति तोला तीनदेखि ५ हजारसम्म बढी रकममा सुन खरिद गर्दै आएको ले उनीहरु सो रकम सुनका ग्रहकबाट असुल गर्दै आएका हुन्छन ।
सुन आयात गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरुलाई चैत्र १९ गते एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन ल्याउन व्यवस्था गरेको हो ।
कोरोना महामारीलाई देखाएर गत वर्ष सरकारले प्रतिदिन सुन आयातको परिमाण १० किलोमा झारेको थियो । सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ लाई संशोधन गरेर इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुले आयात गर्ने सुनको दैनिक कोटा २० किलो पु¥याइएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ ।
यसअघि धेरै माग हुने समयमा दैनिक २५ र सुख्खा सिजनमा प्रतिदिन २० किलो सुन आयात गर्न पाइन्थ्यो ।
सुनको कोटा बढाउने राष्ट्र बैंकको निर्णयप्रति सुनचाँदी व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् । नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले आफूहरुले माग गरेकोभन्दा कम मात्रामा आयात परिमाण बढाइएको भन्नुभयो ।
महासंघले दैनिक ३० किलो सुन आयात गर्नुपर्ने माग सरकारसमक्ष राख्दै आएको उहाँले बताउनु भयो । ‘हुँदै नभएको भन्दा त यति हुनु पनि ठीकै हो तर यतिले हाम्रो माग धान्दैन,’ अध्यक्ष शाक्यले भने ।
थप कोटा वृद्धिबारे राष्ट्र बैंकसँग पुनः छलफल गर्ने पनि अध्यक्ष शाक्यले बताउनु भयो । सुनको अधिक माग हुने मौसममा बजारमा चरम अभाव भएपछि दैनिक सुन आयातको कोटा बढाउन गत मंसिरदेखि सुन व्यवसायीहरुले सरकारलाई आग्रह गर्दै आएका हुन । तर, सरकारले बजारको मांग बमोजिम सुन झिकाउन आनाकानी गर्दै आएको ले दिन्हु हजारौं सुनका ग्रहक मार्कामा पर्दै आएका छन ।
एक जना सुन व्यापारीले नाम नखोल्ने सर्तमा भन्नु भयो– बजारको मांग देख्दै प्रति तोला ३ हजारदेखि ५ हजारसम्म रुपियाँ अतिरिक्त लिएर ग्राहक वर्गलाई सुन उपलब्ध भईरहेको छ ।
सुन आयातको कोटा दैनिक विस किलो भएपनि दैनिक एक करोड अवैध असुली
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
23 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
