रामेछाप । रामेछाप ईलोक्ट्रोनिक तथा मोबाइल व्यवसाय संघको दोश्रो बार्षिक साधारण सभा शनिबार मन्थलीमा सम्पन्न भएको छ । संघका अध्यक्ष ईश्वरचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभाले संस्थाको आर्थिक तथा सांगठनिक विषयमा विभिन्न प्रश्ताव पारित गरेको छ ।
यसैविच जिल्लाका ईलोक्ट्रोनिक तथा मोबाइल पसल यसै महिना देखि महिनको अन्तिम शनिबार बन्द हुने भएका छन् । व्यवसायीहरुलाई महिनामा एक दिन आरामका लागि पसल बन्द गर्ने निर्णय गरेको संघका महासचिव प्रमोद श्रेष्ठले वताए ।
