रामेछाप । रामेछाप नगरपालिका वडा नं ८ मानेडाँडामा बुधबार भगवान गाैतम बुद्धकाे मूर्ति अनावरण गरिएको छ । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने र बौद्ध धर्मका गुरु टुल्कु साङ्गे शेडुब तेन्जीन ठिन्ले पालश्याङपो रिन्पोक्षले संयुक्त रुपमा बुद्ध मुर्तिकाे अनावरण गरेका छन् ।
अनावरण गरिएको मुर्तिमा गुरु रिन्पोक्षले प्राणप्रतिष्ठा,छेवाङ तथा टाप्चे गरेका थिए । रामेछाप नगरपालिकाको १५ लाख र बुद्धधर्माबलम्विहरुबाट संकलन भएको १५ लाख गरी करिव ३० लाखमा मूर्ति निमार्ण गरिएकाे रामेछाप नगरपालिका याेजना शाखाले जनाएकाे छ ।
