रामेछाप । नेपाल आदिवासी पत्रकार महासंघ – फोनिज ) रामेछाप शाखाको १२ औं बार्षिक साधारण सभा तथा पाँचौं जिल्ला अधिवेशन मन्थली नगरपालिका ८ चिसापानीमा शनिबार सम्पन्न भएको छ ।
      जिल्ला शाखाका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त बार्षिक साधारण सभाले विभिन्न प्रतिवेदनहरु पारित गरेको थियो । अधिवेशनले कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको समेत निर्बिरोध चयन गरेको छ । समितिमा शान्ता श्रेष्ठ उपाध्यक्ष, सुमित्रा लामा सचिव, अनिता थापामगर सहसचिव र समरवहादुर हायु कोषाध्यक्ष रहेका छन् ।
       नयाँ कार्यसमितिलाई पदाधिकारीलाई बधाई दिदै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले पत्रकारहरुले समाजमा देखेको कुरालाई निर्भिकताका साथ लेख्न सक्यो भने राज्यका अन्य निकायले समेत सुधार गर्ने ठाउँ रहने भएकाले स्वतन्त्र र व्यवसायिक पत्रकारीतामा जोड दिनु पर्ने वताएका थिए ।