रामेछाप । मंगलबार विहान शक्तिशाली भूकम्प गएको छ । नेपाल र चीन विचको तिब्वत सिगात्से आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले चीन, पूर्वि नेपाल, भूटान, वंगलादेश र भारतका कतिपय क्षेत्रमा धक्का महसुस भएको जनाइएको छ ।
विहान ६ वजेर ५० मिनेटमा गएको उक्त भुकम्प ७ म्याग्नेच्यूडको रहेको वुझीएको छ । भूकम्प आएपछि धेरै मानिसहरु घर बाहिर निस्कीएका थिए । भूकम्पबाट भएको क्षतिको विवरण आईसकेको छैन् । केहि दिन देखि पश्चिमी नेपालमा स सना भूकम्पका झड्काहरु आईरहेका थिए ।