नगरस्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, आयोजक महादेव जनता मावि प्रथम
1 वर्ष पहिले प्रकाशित
सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ २० गते । सर्लाहीको हरिवन नगरपालिका वडा नं ८ मा अवस्थित महादेव जनता माध्यमिक विद्यालयको वार्षिक कार्यतालिका अनुसार आज जेठ २० आइतबार नगरस्तरिय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हरिवन नगरपालिकाका ११ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा महादेव जनता माध्यमिक विद्यालय प्रथम भएको छ ।
प्रतियोगितामा सर्लाही एम्बिसन एकेडेमी स्कुल दोस्रो भएको छ भने सनराइज आवासीय मावि बेताली तेस्रो हुन सफल भएको छ। ओमनिका ज्ञानज्योती आवासीय मावि नयाँरोड र मोडेल युरिका एकेडेमी सुखेपोखरी सान्त्वना स्थान हासिल गर्न सफल भएका छन ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक तथा विद्यालयका प्रधानाध्यापक गिरिराज रानाले बताए ।
हरिवन नगरपालिकाको नगर उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यता र विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष मोहन कुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। उक्त अवसरमा पुर्व विद्यार्थी समाजका उप संयोजक बिप्लब कार्कीले अतिरिक्त क्रियाकलापले विद्यार्थीको अन्तर्निहित क्षमताको विकास हुने र सकारात्मक जीवन जिउन सहज हुने प्रस्ट्याएका थिए ।
शिक्षक डिशन कार्की, टीका भन्डारी र दुर्लभ भट्टराईले सञ्चालन गरेको कार्यक्रमको हाजिरी जवाफको प्रश्नहरु शिक्षा अधिकृत रुस स्टालिन चौलागाईंले निर्माण गरेका थिए। अतिरिक्त क्रियाकलाप अन्तर्गत आगामी आर्थिक वर्षमा नगर स्तरीय विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक गिरिराज रानाले बताए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
