नबिन पोखरेल
महोत्तरी, जेष्ठ २० गते । बर्दिबास मौरी पालनको उत्कृष्ट स्थान बन्न सक्ने किसान र विज्ञहरुको ठम्याई पछि सारथि नेपाल नामक संस्थाले नगरभित्रका विभिन्न वडामा मौरी पालिरहेका अथवा पालन इच्छुक किसानहरुलाई तालिम दिएको छ ।
१९ गते शनिबारका दिनबाट सञ्चालन भएको उक्त कार्यक्रम २३ गते बुधबार सम्म चल्ने छ । ५ दिनसम्म चलने उक्त कार्यक्रम बर्दिबास नगरपालिकाको आर्थिक सहयोग र सारथि नेपालको आयोजनामा शुभारम्भ भएको छ ।
प्रमुख अथिति प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले “मौरी आफैमा शुभ र सम्पन्नताको संकित हो भन्ने परम्परागत मान्यता रहेको छ । यस्तो परम्परागत मान्यता रहेको मौरी पालनलाई व्यवसायिक रूपमा अगाडि बढाउने जमर्को गरेकोमा संस्थालाई विशेष धन्यबाद व्यक्त गरेका छन् । बर्दिवासको गौरी डाँडामा संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा भनेका छन् । यस व्यवसाय अपनाउँदा किसानहरूले सहज रुपमा राम्रो लाभ लिन सक्नेछन् भन्ने उद्देश्यले संस्थाले सञ्चालन गर्न लागेको कार्यक्रमलाई नगरपालिकले सहयोग गरेको पनि बताएका छन् ।
कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रवक्ता तथा वडा न १४ का वाड अध्यक्ष विजय सिंह महतोले राम्रो कामको थालनी हुनलागेको शुभकामना व्यक्त गरे ।
कृषि ज्ञान केन्द्रका प्रतिनिधि तथा यस कार्यक्रमका प्रशिक्षक राजकिशोर यादवले लालिमको महत्त्व प्रकाश परेका थिए ।
मौरी पालक किसान तथा प्रशिक् खुस कुमार खड्का सहितको समुहले प्रशिक्षण दिने छन् ।
पर्यावरणलाई जोगाउँदै आत्मनिर्भर बन्न र बनाउन सक्ने व्यवसायिक सिप दिन लागेको हो । संस्थाका अध्यक्ष शर्मिला घिमिरेले बताइन् ।
कार्यक्रमको सञ्चालन विनयस्वर कृषक समूहका अध्यक्ष रीता भट्टराईले गरेका हुन् ।
सारथि नेपालद्वारा मौरी पालन तालिम सञ्चालन
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सहयोग बारे नक्कली क्यूआर प्रचार गर्ने रास्वपाका नेता पक..
रामेछाप । भोटेकोशी बाढी पीडितलाई सहयोगका लागि प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा रकम गरेको भन्दै नक्कली बैं..
2 घन्टा पहिले
विद्युत चुहावट हुँदा घरमा आगलागि, भित्रका सामान सबै खरान..
रामेछाप । मन्थली नगरपालिका २ कठजोर खोला किनारमा रहेको एकवहादुर भुजेलको घरमा अहिले साँझ साढे सात बजे तिर आगलागि भ..
3 दिन पहिले
बिश्वकै पुरानो सजिवन (मोरिङ्गा) को रुख रामेछापको भटौलीमा..
रामेछाप । पछिल्लो समय तरकारी सगैं मधुमेह, उच्च रक्तचाप लगाएतको रोगका लागि रामबाण औषधिको रुपमा प्रयोग गर्ने अभिया..
3 दिन पहिले
भोटेकोशी बाढीमा १ सय ५७ जनाको शव भेटियो, रामेछापका १९ जना ..
काठमाडौ । चीनको तिव्वत हुदै भोटेकोशीमा बुधबार विहान आएको विनाशकारी बाढीमा परेर मृत्यू हुनेको संख्या १ सय ५७ पुगे..
3 दिन पहिले
रामेछाप उद्योग वाणिज्य संघद्वारा त्रिशुली बाढीजन्य घटन..
रामेछाप । चीनको तिब्बत बाट बुधबार विहान आएको बाढीले नेपालको त्रिशुली नदी वहाव क्षेत्र र आसपासमा गरेको ठुलो जनधनक..
4 दिन पहिले
संवाददाता
संवाददाता
