कमल साह
जनकपुरधाम,वैशाख २० गते । हात्ती पाइलो रोगको संक्रमण मधेश प्रदेशको धनुषा,सर्लाही सहित सात जिल्लामा जोखिम रहेको ले यस रोग विरुद्ध औषधि खुवाउने अभियान गत आईतवारदेखि शुरु भएको छ ।
स्वास्थ्य कार्यालय धनुषाले गत विहवार यहाँ आयोजना गरेको पत्रकार अन्तरक्रियामा हात्ती पाईले रोग विरुद्धको औषधि खुवाउनका लागि सबै प्रकारको तयारी भएको जनाएको थियो ।
वैशाख १६ गतेबाट ३० गतेसम्म चल्ने कार्यक्रमकालागि सबै पालिकाहरूमा औषधि पठाउने काम भइरहेको सिनियर अहेव अधिकृत शिवजी दासले बताउनु भयो ।
हात्तीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्रै रोगका लक्षण शरीरमा देखिने गर्दछ ।
यस समयमा हात्ती पाईले रोग विरुद्धको औषधि नखाएमा यसको संक्रमण हुँदा हात खुट्टा, अण्डकोष तथा महिलाहरूको स्तन सुनिने र कुरूप हुने भएकाले सबैलाई औषधि खानका लागि स्वास्थ्य कार्यालयले सवैमा आग्रह गरेको छ ।
धनुषा जिल्लमा १ हजार ३ सय ५० जना हातिपाईले रोगी रहनु भएको छ । त्यस्तैै जनकपुरधाम उप महानगरपालिका क्षेत्रमा २ सय २ जनामा संक्रमित देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै नगराईन नगरपालिकामा १ सय ९५ जना र मुखीयाट्टी गाउँपालिकामा १ सय ५ जनामा संक्रमण फेला परेको छ । धनुषाका १८ पालिकामा नै हात्ती पाईले रोगबाट संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पूर्ण रुपमा औषधि सुरक्षितरहेको बताउँदै स्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य अधिकृत रामबाबु ठाकुरले जानकारी दिनु भएको छ । एक जनाले नौ चक्की औषधि खानु पर्नेछ । औषधि खाएपछि हात्ती पाईले रोग लागेकाहरूबाट सर्ने सम्भावना ९६ प्रतिशतले न्यून हुनेछ ।
हात्ती पाईले रोग विरुद्धको औषधि २ वर्ष मुनिको बालबालिका, दीर्घ रोगी, गर्भवती महिला तथा ७ दिनको सुत्केरी महिलाले खान नहुने स्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य प्रशासक उमेश कुमार यादवले बताउनु भयो ।
औषधि खुवाउनका लागि सबै स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यका कर्मचारीहरूलाई परिचालन गरिएको छ । धनुषा जिल्लामा कूल जनसङ्ख्या ८ लाख ७४ हजार रहेको छ । त्यस मध्ये ७ लाख ५० हजारलाई औषधि खुवाउन पाएमा लक्ष्य पुरा हुने उनिहरु बताउँ छन ।
हाात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि आईतवारदेखि आरम्भ भएको छ ।
हात्तीपाइले रोगविरुद्धको औषधि आईतवारदेखि धनुषामा खुवाईदै
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
10 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
1 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
