हात्तीपाइले रोगविरुद्धको औषधि आईतवारदेखि धनुषामा खुवाईदै
2 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,वैशाख २० गते । हात्ती पाइलो रोगको संक्रमण मधेश प्रदेशको धनुषा,सर्लाही सहित सात जिल्लामा जोखिम रहेको ले यस रोग विरुद्ध औषधि खुवाउने अभियान गत आईतवारदेखि शुरु भएको छ ।
स्वास्थ्य कार्यालय धनुषाले गत विहवार यहाँ आयोजना गरेको पत्रकार अन्तरक्रियामा हात्ती पाईले रोग विरुद्धको औषधि खुवाउनका लागि सबै प्रकारको तयारी भएको जनाएको थियो ।
वैशाख १६ गतेबाट ३० गतेसम्म चल्ने कार्यक्रमकालागि सबै पालिकाहरूमा औषधि पठाउने काम भइरहेको सिनियर अहेव अधिकृत शिवजी दासले बताउनु भयो ।
हात्तीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्रै रोगका लक्षण शरीरमा देखिने गर्दछ ।
यस समयमा हात्ती पाईले रोग विरुद्धको औषधि नखाएमा यसको संक्रमण हुँदा हात खुट्टा, अण्डकोष तथा महिलाहरूको स्तन सुनिने र कुरूप हुने भएकाले सबैलाई औषधि खानका लागि स्वास्थ्य कार्यालयले सवैमा आग्रह गरेको छ ।
धनुषा जिल्लमा १ हजार ३ सय ५० जना हातिपाईले रोगी रहनु भएको छ । त्यस्तैै जनकपुरधाम उप महानगरपालिका क्षेत्रमा २ सय २ जनामा संक्रमित देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै नगराईन नगरपालिकामा १ सय ९५ जना र मुखीयाट्टी गाउँपालिकामा १ सय ५ जनामा संक्रमण फेला परेको छ । धनुषाका १८ पालिकामा नै हात्ती पाईले रोगबाट संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पूर्ण रुपमा औषधि सुरक्षितरहेको बताउँदै स्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य अधिकृत रामबाबु ठाकुरले जानकारी दिनु भएको छ । एक जनाले नौ चक्की औषधि खानु पर्नेछ । औषधि खाएपछि हात्ती पाईले रोग लागेकाहरूबाट सर्ने सम्भावना ९६ प्रतिशतले न्यून हुनेछ ।
हात्ती पाईले रोग विरुद्धको औषधि २ वर्ष मुनिको बालबालिका, दीर्घ रोगी, गर्भवती महिला तथा ७ दिनको सुत्केरी महिलाले खान नहुने स्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य प्रशासक उमेश कुमार यादवले बताउनु भयो ।
औषधि खुवाउनका लागि सबै स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यका कर्मचारीहरूलाई परिचालन गरिएको छ । धनुषा जिल्लामा कूल जनसङ्ख्या ८ लाख ७४ हजार रहेको छ । त्यस मध्ये ७ लाख ५० हजारलाई औषधि खुवाउन पाएमा लक्ष्य पुरा हुने उनिहरु बताउँ छन ।
हाात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि आईतवारदेखि आरम्भ भएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
