धनुषाका किसान तरखेतीको आम्दानीबाट छोरीलाई डाक्टर र छोरालाई सिए गराउन सफल
2 वर्ष पहिले प्रकाशित
जय प्रकाश मण्डल
जनकपुरधाम २१ गते । धनुषाको शहीद नगरपालिका वडा नं. ६ हठिपुरका किसान बौएलाल मण्डल र शिवनारायण मण्डल तरकारी खेतीको आम्दानीबाट छोरा र छोरीलाई उच्च शिक्षा दिलाउन सफल भएका छन् ।
शिवनारायण मण्डलले तरकारी खेतीको आम्दानीबाट छोरीलाई डाक्टर र छोरालाई इन्जिनियर बनाएका छन् भने बौएलाल मण्डलले एउटा छोरालाई सी.ए. र अर्कोलाई आईटी इन्जिनियर बनाएको बताउँछन् ।
करीब ५५ वर्षिय बौएलाल मण्डल भन्छन ‘तरकारी खेतीकै आम्दानीबाट छोरालाई सिएसम्मको पढाईमा २० लाख खर्च भएको छ भने अर्का छोरालाई आईटी इन्जिनियर पढाउँदा करीब ४० लाख रुपैया खर्च भएको हो ।’
.jpg)
त्यसैगरी ६१ वर्षिय शिवनारायण मण्डलले करीब ७० लाख रुपैया खर्चेर छोरीलाई डाक्टर पढाएका हुन भने १५ लाख खर्चेर छोरालाई इन्जिनियर बनाएको बताउँछन् । किसान मण्डलद्वय १५ विघा जग्गामा तरकारी खेती गर्दै आएको छ । वर्षमा तीनवटा मौसमी खेती गर्ने गरेको र सो खेतमा सयजनाबढी मजदुरहरु समेत काम गर्दै आएको उनी बताउँछन् ।
कोबी, आलु, प्याज, टमाटर, बैगन, धनिया, लौका लगायत विभिन्न प्रकारको तरकारी खेती गर्ने गरेको छ् । शहीद नगरपालिका ६ हठिपुर टोलमा करीब ३६ जना परिवार बस्दै छन् । उनीहरु तरकारी खेतीमा नै निर्भर रहेको र तरकारी खेतीबाट आफ्ना छोराछोरीलार्ई उच्च शिक्षा दिलाउन सफल भएको दावी गर्दछन् ।
१५ विघा जग्गामा धान र गहुँ खेती गरेमा वार्षिक पाँचदेखि सात लाख रुपैया आम्दानी हुन्छ । तर तरकारी खेती गरेमा सबै खर्च काटेर वार्षिक २५ लाखसम्म आम्दानी हुने गरेको किसान मण्डलद्वय बताउँछन् । तरकारी खेतीसँगै माछापालन समेत गर्ने गरेको छ ।
तरकारी खेतीमा अर्गानिक मल र केही मात्रामा रसायनिक मलको प्रयोग गर्दै आएको उनीहरु बताउँछन् । हालसम्म यी परिवारबाट कोही पनि वैदेशिक रोजगारीमा नगएको बल्कि उच्च शिक्षा हासिल गरेपनि छोराछोरीहरु घरमा आउँदा तरकारी खेतीमा सहयोग पुर्याउँदै आएको उहाँको कथन हो ।
तरकारी खेतीबाट अझै आम्दानी गर्न सकिन्छ, तर केही समस्या र चुनौतीको कारण लक्ष्य अनुसार आम्दानी हुन नसकेको किसान मण्डलद्वय बताउँछन् । उनी भन्छन् ‘मजदुरको अभाव, बजारीकरण नुहुनु र मलखाद्य सहज किसिमबाट उपलब्ध नहुनुका साथै कोल्डस्टोरको अभाव रहेकोले अधिकांश तरकारी बिक्री नहुँदा कुहिएर जाने वा जथाभावी रुपमा फाल्न्ुपर्छ ।’
नेपाली बजारमा भारतीय तरकारी आउँदा पनि समस्या हुने गरेको मण्डल भन्छन् ‘भारतमा मलखाद्य लगायतको उपकरणहरु सस्तोमा पाउँछ । खुल्ला सीमाको कारण प्रहरी केही रकम लिएर नेपाली बजारमा सहजै किसिमबाट तरकारी ल्याउँन दिन्छ । जसले गर्दा भारतीय तरकारी सस्तो हुँदा हामीले उत्पादन गरेको तरकारीको बिक्री वितरणमा समस्या आउने गरेको उनी भन्छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
