+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

प्रदेश कृषि हितकारी नीति बनाएको छु– प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री गोविन्द बहादुर न्यौपाने

2 वर्ष पहिले प्रकाशित

शर्मिला घिमिरे
लालबन्दी, सर्लाही, पुस ७ गते । “कृषि हितकारी नीति बनाएको छु।कोही पनि किसानलाई मर्न दिन्न। यो नीति भित्र कृषि मार्फत युवा स्वरोजगार कार्यक्रमलाई पनि समावेश गराएको छु ।“जिल्ला दुग्ध उत्पादन एवम प्रशोधन सहकारी संघको आयोजना र इन इलम परियोजना ,हेल्भेटास नेपाल र स्वावलम्वन बजार व्यवस्थापन तथा रोजगार सिर्जना केन्द्रको सहकार्यमा भएको कार्यक्रममा बोल्दै प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री गोविन्द बदुर न्यौपानेले भने ।
कृषि क्षेत्रमा समस्या भन्दा बढी हल्ला हुनेगरेको विचार व्यक्त गर्दै यो क्षेत्रमा समस्या नै नभएको हैन समस्या छ । जसलाई सहजै समाधान गर्न सकिन्छ ।अहिले असामान्य हिसाबमा कृषकको उत्पादनको मूल्य छैन ,बजार छैन, विउ छैन,माल खाद छैन भन्ने जस्ता समस्याहरू सुनिन्छन्। जुन समस्यामा सरकार सधै किसानको साथमा छ ।
किसानहरूको हरेक समस्याको समाधान हुनेगरी कृषि नीति ल्याएको छु ।विगतका दिनमा योजना र नीति दुवै नभएको अवस्था देखियो जसका कारण सधै किसानहरु अलमलमा पर्नुपरेको थियो ।यसका समाधानका लागि पहिले योजना र नीतिको महसुस गरे।अब योजनासहित नीति प्रष्ट छ ।
युवाहरुले मजदूरी र रोजगारीकालागि विदेशिनु पर्दैन ।आफनै देशको उत्पादनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्नेछ। यसकालागि आफ्नो काम र उद्देश्यमा सधै बफादार भइदिए पुग्छ।
कार्यक्रममा किसान प्रतिनिधिहरूले राखेको गुनासो सम्बोधन गर्दै मन्त्री न्यौपानेले हामी कसले के गरो भन्दा बढी हाम्रो भूगोल सुहाउँदो कामको थालनी गर्नु पर्ने आवश्यक्ता छ । पशुपन्छी भित्र्याउँदा होस् तथा नसरत सुधार गर्दा होस् पशु र भूगोल दुवैलाई सुहाउँदो हुनुपर्ने विचार व्यक्त गरे । नसरत सुधारको आवस्यकता महसुस गरी प्रदेशले यसको स्थापन गरिसकेको छ । आवस्यकता परेको स्थानमा
अरु पनि स्थापना हुनेछन् । दूधको उत्पादन र सही बजारीकरणका विषयमा आफू पनि संवेदनशील रहेको विचार व्यक्त गरे ।
अन्तर्क्रिरया कार्यक्रममा बोल्दै दुग्ध विकास बोर्डका अधयक्ष उपेन्द्र सिंहले “ दुग्ध उत्पादन र बिक्री वितरणमा पहिला आन्तरिक बजार बलियो बनाउनु पर्ने आवश्यकता छ जब आन्तरिक बजार बलियो रहन्छ त्यसले विश्व बजारमा पनि वर्चश्व कायम राख्छ ।
आन्तरिक बजारलाई मात्र पुग्ने दुध हामीसंग अझै उत्पादन हुनसकेको छैन ।“भने । कार्यक्रममा जिल्ला दुग्ध उत्पादन एवम प्रशोधन सहकारी संघका अध्यक्ष लक्ष्मण पौडेल ,नगर प्रमुख वासुदेव अधिकारी , जवाहीलाल यादव, अच्युत काफ्ले , डी डी सी नवलपुरका प्रमुख नवीन यादव, डा शैलेन्द्र यादव , डा शम्भु साह, शिकारी साह, भूपेन्द्रमान श्रेष्ठ लगाएत विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले