उखुको मुल्य ७५० हुनु पर्ने माग सहित इस्तिहार आमरण अनसनमा
2 वर्ष पहिले प्रकाशित
सन्जु कर्ण, सर्लाही,
सर्लाही, पुस २ गते । उखुको मुल्य प्रतिक्विन्टल ७५० हुनु पर्ने माग सहित शेष इस्तिहार आमरण अनसनमा बसेका छन् । हरिवन ११ निवासी इस्तिहार आज (सोमवार ) बिहान देखी ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा अनसन बसेका हुन् । अनसनकारी इस्तिहारको उखुको मूल्य प्रतिक्वीन्टल ७५० रुपैंया हुनुपर्ने, सरकारले गत सिजनकै दिन बाँकी अनुदान रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, उखुको प्रर्वधन शब्द हटाई नियमानुसार अनुदान रकम सोही आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने, उन्नत जातको उखुको बिउको प्रवन्ध गर्नुपर्ने, कृषि योग्य जमीनमा सिंचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई चाहिने मल खाधको प्रवन्ध गर्नुपर्ने लगायत ६ बुँदे माग रहेको छ ।

उनलाई प्रदेश सभा सदस्य जवाहर कुशवाहा, मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष राजकुमार उप्रेती, नेकपा माओवादी केन्द्र हरिवनका अध्यक्ष अर्जुन पन्त, किसान नेता दिपेन्द्र मैनाली, गौरी महतो लगायतले माला लगाएर सम्मान गर्दै अनसन सुरु गराएका हुन् ।
त्यस्तै उखु मूल्य विषयमा सर्लाहीका उखु किसानले हिजो (आईतबार) दिउँसो हरिवनमा संघीय सरकारका अर्थ र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको ब्यानरको प्रतिमा बनाएर आगो लगाएका थिए ।
कृषि तथा पशुपंक्षी विकास नभई विनास मन्त्रालय तथा अर्थ नभई अनर्थ मन्त्रालयको रुपमा व्यंग्यात्मक ब्यानर प्रदर्शन गर्दै उक्त व्यानर जलाएका हुन् । महेन्द्र राजमार्गको कडरिया चोकमा जम्मा भएका किसानले सरकार र चिनी उद्योगी विरुद्द नाराबाजी समेत गरेका थिए ।
उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन सुरु गरेका किसानले शनिबार हरिवनमा उखुको लाक्रा बोकेर नारबाजी सहित जुलुस निकालेका थिए ।
त्यस्तै, गत वर्ष सरकारले दिनुपर्ने ७० रुपियाँमध्ये अहिलेसम्म २१ रुपियाँ मात्रै प्राप्त भएको र बाँकी ४९ रुपियाँ यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका हुन् ।
नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति र किसान हकहित संरक्षण समितीको संयुक्त आयोजनामा विरोध प्रदर्शन भईरहेको छ ।
धमाधम उखु काटेर बेच्नुपर्ने बेला सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेका छन् । मूल्य नतोकी मिल नचलाउन किसानले आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ सुरु गर्न पाएका छैनन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
