+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

किसानका मुद्दा उठान गरी हरिवनमा चक्काजाम

2 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, श्रावण १२ गते । किसानका बिभिन्न माग राख्दै सर्लाहीको हरिवनमा आज (शुक्रबार) चक्काजाम गरिएको छ । नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघ मधेश प्रदेशले किसानका मुद्दा उठान गरी पूर्वपश्चिम लोकमार्ग अन्तर्गत हरिवन बजार क्षेत्रमा मध्याह्न करिब २ घण्टा राजमार्ग अवरुद्ध गरेको हो ।
महासंघले लम्पी स्कीनलाई महामारी घोषणा गरी मरेका पशुको क्षतिपूर्तिको व्यवस्था गर्न र मरेका पशुको बीमा भुक्तानी तत्काल हुनुपर्ने माग राख्दै चक्काजाम गरिएको जनाएको छ । लम्पी स्किनले पशु चौपाय धमाधम मर्दा पनि रोगविरुद्धको खोप लगाउन बेवास्ता गरिएकाले सरकारको ध्यानाकर्षण गराउन चक्काजाम गरिएको अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।
उखुको अनुदानवापत सरकारले दिनुपर्ने रकम (प्रतिक्विन्टल ७० रुपैयाँ) तत्काल प्रदान गर्न पनि महासंघले माग गरेको छ । चक्काजामको क्रममा रासायनिक मलको सहज आपूर्ति गर्नुपर्ने, मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्नुपर्ने लगायतको माग अघि सारिएको थियो । तराई क्षेत्रमा अहिले खडेरी जाँदा किसानको बिजोक भइरहेको छ ।
पानी नपर्दा किसानले रोपाइँ गर्न पाएका छैनन् भने जसोतसो रोपेको धान पनि सुकेर गइरहेको छ । खडेरीले प्रभावित यस्ता किसानलाई राहत प्याकेज प्रदान गर्न माग गरिएको महासंघका उपाध्यक्ष उप्रेतीले बताए । कार्यक्रममा अखिल नेपाल किसान महासंघ मधेश प्रदेशका आठ ओटै जिल्लाका अध्यक्ष लगायत नेताहरुले सम्बोधन थगरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले