+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

झाको शालिक अनावरणले वरिष्ठ पत्रकार श्री नेपालीको अधुरा सपना पुरा

2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, जेष्ठ १७ गते । अमर शहीद दुर्गानन्द झा को शालिक १६औं गणतन्त्र दिवसको अवसरमा अनावरण भएको छ ।
प्रेस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार श्री राजेश्वर नेपालीको अनेक सपना मध्येको एक आजका दिनमा पुरा भएको छ । प्रेस जगतका मर्यादा पुरुष बरिष्ठ पत्रकार श्री नेपाली करिब दुईवर्षदेखि बिमार रहँदै आएको अवस्थामा अमर शहीद दुर्गानन्द झा को शालिक एक समारोह बीच सोमवार अनावरण भएको हो ।
मुलुकमा आएको प्रजातन्त्रलाई गला निमोठने तत्कालिन राजा महेन्द्र माथि शहीद झा बम प्रहार को क्रममा पक्राउ पर्नुभयो । वि.स.२०२० साल माघ १५ गतेको रातिमा काठमाण्डौस्थित सुनधारा केन्द्रिय कारागारमा फाँसी दिईयो ।
नेपालका प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झाको अष्टधातुबाट निर्मित पूर्णकदको शालिक सो अवसरमा अनावरण गरिएको छ । गणतन्त्रका लागि तत्कालिन राजा महेन्द्र उपर जानकी मन्दिर प्राङ्गणमा बम प्रहार गरि विरता देखाएको र तत्कालिन शासक समक्ष नझुकेर आप्mनो ज्यानको आहुती दिएका अमर शहीद दुर्गानन्द झा स्मारक निर्माण समिति द्वारा जनकपुरधाम– २३ लादो स्थित सोनासती माईस्थान मन्दिर छेउमै शालिक अनावरण गरिएको हो । जनकपुरधामबाट जलेश्वर र जटही मोडने सडक बीचमा शहीद झा को शालिक निर्माण भएको छ । चरा लेन र छ लेनको यो संगम स्थल हो ।
१६ औं गणतन्त्र दिवसमा शालिक अनावरणका लागि आयोजना गरिएको समारोहमा स्मारक निर्माण समितिका अध्यक्ष रहनु भएको दुर्गानन्दका सहयात्री प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर श्री नेपालीले वहाँको पूर्ण कदको अष्टधातुको छ फिट अग्लो प्रतिमा तयार भएको दश वर्षपछि उहांको शालिक अनाबरण भएकोमा हर्षविभोर व्यक्त गर्नुहुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रका अथक योद्धा राजेश्वर नेपालीले अमर शहीद दुर्गानन्दको बलिदानी दिवसलाई राष्ट्रव्यापीरुपमा मनाउन र सोबाट दलहरुले शिक्षा लिन आवश्यक रहेको बताउनु भयो ।
उहाँले दुर्गानन्दकै कारण देशमा गणतन्त्र आएको जिकिर गर्दै शहीद झा को नाममा राष्ट्रिय राजमार्गको नामाकरण तथा संग्रहालय स्थापना गर्न सरकारसंग जोडदार मांग गरेका छन् ।
बरिष्ठ पत्रकार श्री नेपालको भावनाहरु उनका सुपुत्र तथा जनकपुरधाम वडा नं.– २३ का वडा अध्यक्ष राघवेन्द्र साहले पढेर सुनाउनु भयो । श्री नेपाली करिब २ वर्षदेखि विरामी रहनु भएको ले बोल्ने अवस्थामा रहेका छैनन् ।


कार्यक्रममा पुर्वमन्त्री तथा प्रदेश सांसद रामसरोज यादव, प्रदेश सांसद दिपेन्द्र कुमार ठाकुर, जीउंदो शहीद ललन चौधरी, धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, धनुषाका प्रहरी प्रमुख एसपी बिश्वराज खडका, जनकपुरधाम वडा नं. २३ का वडा अध्यक्ष राघवेन्द्र साह, केवल शर्मा, नेपाल प्रेस यूनियनका पूर्व केन्द्रिय सदस्य श्रीनारायण साह लगायतका बुध्दिजीविहरुले शहीद दुर्गानन्द झा को योगदानमाथि बिचार राख्नु भयो ।
वरिष्ठ पत्रकार नेपालीको हात समाएर उनीहरुले सामुहिक रुपमा शालिकको अनावरण गर्नुका साथै शालिकमा माला लगाएर शहीद झा प्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरियो ।
विशेश्वप्रसाद कोईरालाको नेतृत्वको सरकारलाई तत्कालिन राजा महेन्द्रव्दारा वि.सं.२०१७ सालमा प्रजातन्त्रको हत्या गरिएको थियो । त्यसको एक वर्षपछि वि.सं. २०१८ साल माघ ९ गते राजा महेन्द्र जनकपुरधाम आउंदा १९ वर्षीय युवा नेता दुर्गानन्द झा ले जानकी मन्दिर प्रांगनमा राजा सवार गाडीमाथि बम प्रहार गर्दा राजा बल्ल बांचेका थिए र दुर्गानन्दलाई सुरक्षाकर्मीले पक्राउ गर्न सकेन ।
वहाँको नाममा पक्राउ परेका अन्य साथीहरुमाथि बर्बर्तापूर्ण यातना दिएको सुनेपछि स्वयं २०१८ साल वैशाखमा दुर्गानन्दले आफै गिरफ्तारी दिएका थिए । वि.स..२०२० साल माघ १५ गतेको रातिमा काठमाण्डौस्थित सुनधारा केन्द्रिय कारागारमा फाँसी झुण्ड्याई गोली हानेर मृत्यु दण्ड दिइएको थियो । उहांले हातमा गीता पुस्तक लिएर हांसी हांसी प्रजातन्त्रका लागि मृत्यु बरण गरेका थिए । वहाँ धनुषाको जटही निबासी पिता देवनारायण झा र माता सुकुमारी देवी झाका एक मात्र सन्तान थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

बफर खोलामा अस्थायी डाईभर्सन बनाएर साना सवारी साधन संचाल..

रामेछाप । केहि दिन अघी मन्थली नगरपालिका ८ र ११ को विचमा पर्ने बफर खोलामा आएको बाढीले डाईभर्सन बगाउदा अवरुद्ध भएको ..

4 घन्टा पहिले

पहिरोले गोठ किच्दा हलगोरु ठहरै

रामेछाप । गएराति आएको पहिरोले गोठ किच्दा रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ बालरुमा एक हल गोरु मरेका..

4 घन्टा पहिले

देबकोटाचोक सौन्दर्यकरणका लागि फुलका विरुवा रोपण

रामेछाप । मन्थली नगरपालिकाको देबकोटा चोककाे सडक किनारमा शहरी सौन्दर्यकरण अन्तरगत गमला राखेर विभिन्न जातका फुलक..

10 घन्टा पहिले

दिनमा दर्जनौ पटक जान्छ, विजुली, सेवा ग्राहि हैरान

रामेछाप । केहि दिन देखि रामेछापको विद्युत अनियमित हुदै आएको छ । दिनमा दर्जनौ पटक विद्युत सेवा अवरुद्ध हुदाँ विभि..

1 दिन पहिले

गाईपालक किसानको गुनासो, अनुदान वितरणमा मनोमानी भयो

रामेछाप । मन्थली नगरपालिका १ का किसानहरुले मन्थली दुग्ध सहकारी संस्था र पशु प्राविधिकले गाईपालन र औषधिको अनुदान ..

3 दिन पहिले