कमल साह
जनकपुरधाम, वैशाख ११ गते । हरिपुर्वा नगरपालिकाको नगर प्रमुख, प्रशासकीय प्रमुख र लेखा कार्यालयमा झण्डै एक महिनादेखि ताल्चा लागेको छ । त्यसले नगरका विकास निर्माण कार्यहरु पूर्ण रुपमा ठप्प भएको छ ।
यसो झट्टहेर्दा नगरपालिका खुलेकै देखिन्छ । तर, मेयर, प्रशासकीय प्रमुख र लेखा फाँटमा लागेको ताल्चाले नगरको सम्पुर्ण कार्य ठप्प हुन गएको छ । नगरपालिकाका विशिष्ट ठाउँमा लागेको ताल्चाले पालिकामा कार्यरत सम्पुर्ण कर्मचारी पनि तलब खानबाट बंचित भएका छन ।
कार्यालयमा कार्यरत एकजना कार्यालय सहायकले जनप्रतिनिधी बीचमा देखिएको विवादकै कारण प्रशासकीय प्रमुख आफ्नो सरुवा गराई सकेको बताएका छन् ।
हरिपुर्वाका मेयर कक्ष र प्रशासकीय प्रमुखको कक्षमा ताल्चा लाग्नाले नगरका सम्पूर्ण विकास निर्माणका कार्यहरु पनि ठप्प भएको उहाँ थप्छन ।
कुनै नगरको विकास निर्माण गर्ने यो अवल समय हो । तर, यस समयमा हरिपुर्वा नपामा ताल्चा लाग्नु ठुलो दुर्भाग्यको कुरो हो उनि बताउनु हुन्छन ।
सर्लाही जिल्लाको ऐतिहासीक थलो हरिपुर्वा नपामा यसप्रकारको विवाद उत्पन्न हुँदापनि माथिलो निकायहरु मौन भएको देखिन्छ । जिल्ला समन्वय समिति सर्लाहीको मौनताबाट बुझिन्छ कि उनीहरुले चलाएको आन्दोलन प्रति नै मौन समर्थन जनाई रहेको छ ।
त्यस्तै त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सांसद तथा प्रतिनिधी सभा सांसद पनि मौन भएका छन । नगरको विकास निर्माण गर्ने बेलामा मेयर र प्रशासकीय प्रमुख को कार्यकक्षमा ताल्चा किन लागेको हो प्रति उनिहरुले कुनै वास्ता गरेको छैन । अतः आन्दोलन प्रति उनिहरुको पनि मौन समर्थन हुन।
नगरप्रमुख विनोद कुमा साह द्वारा आब २०७९–०८० बजेट पेस भएबेलामा कुनकुन काम गर्नुपर्ने प्राथमिकतामा राख्न लगाउनु पर्नेथ्यो । तर, त्यो बेला मौन बसेका वडाध्यक्षहरु अहिल्ये आफ्नो स्वार्थपुर्ति गर्ने उद्येश्यबाट प्रेरित भएको आरोप लाग्दैछ ।
हरिपुर्वा नपाका नगरप्रमुख साह भन्छन, प्रशासकीय अधिकृत बसन्त न्यौपाने सरुवा हुनुको प्रमुख कारण अवसरवादीहरुको किचकिच नै छ । नगर प्रमुख साह ले म निर्वाचित भएर आउँदा नगरपालिकाको सम्पुर्ण कार्य एक ठाउँबाट होस् लक्ष्य लिएर कार्य अगाडी बढाउँदा केहि वडाध्यक्षहरु अबरोध गर्न लागेको आरोप लगाउनु भयो ।
नगरपालिका अहिल्ये ४ ठाउँबाट संचालन भईरहेको उहाँ जनाएका छन । म काठमाण्डौ गएको र प्रशासकीय अधिकृत सरुवा हुँदा कार्यकक्षमा ताल्चा लगाएको उहाँ बताउंछन् ।
उहाँले सर्वदलिय समिति गठन गरेर आन्दोलन गर्नेहरु हरिपुर्वाको ९ वटै वडाका लागि एकै प्रकारको मांग राख्नुपर्ने थियो बताउँदै सो नगरेको बाट उनिहरु आफ्नो स्वार्थपुर्तिगर्न खोजेको आरोप लगाउनु हुन्छ ।
उहां थप्नुहुन्छ, बाँके संग्रामपुर सडक निर्माणको लागि सडक विभाग संग हामी पहलगर्दै आइरहेका छौं ।’ यो सडक सबैलाई चाहिएको हो,त्यसैले यो मुद्दाको कुनै औचित्य नरहेको उहाँ बताउनुु हुन्छ ।
यत्ता, आन्दोनमा रहेका संघर्ष समिति संग पोख्त सम्पर्क बनाउन प्रयास गर्दा पनि त्यसमा असफल भएछु ।
हरिपुर्वा नपामा ताल्चा लगाए स्वास्र्र्र्थीेहरु– मेयर बिनोद कुमार साह
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
