मधेशको बिच भागबाट बन्दै मधेशी शहीद लोकमार्ग
3 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,चैत्र २७ गते । मधेश सरकारले प्रदेशका ८ जिल्ला भएर बनाउन लागेको मधेशी शहीद लोकमार्ग बनाउने निर्णय गरेको छ । दुई लेनको बन्ने सो बाटोमा पर्ने नगर र गाउँपालिकामा शहरी करण बढने संकेत देखाएको छ ।
मधेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले चैत १९ गते सार्वजनिक गरेको योजना अनुसार मधेशी शहीद लोकमार्ग ३ सय ११ किलोमिटरको हुनेछ ।
सो मधेशी शहीद लोकमार्गमा सप्तरीका ६४, सिरहाका ४६, धनुषाका ३०, महोत्तरीका २३, सर्लाहीका ५१, रौतहटका २०, बाराका ३६.८६ र पर्साका ४० किलोमिटर सडक कालोपत्र बन्ने छ ।
सो बेलाका भौतिक तथा पुर्वाधार विकास मंत्री सरोज कुमार यादवले मन्त्रीपरिषदबाट स्वीकृत हुने वितिकै २ करोड ५० लाखको लागतमा मार्गको डिपिआर तयार गर्ने प्रक्रियाको थालनी हुने बताउनु भायो ।
तत्कालिन मंत्री यादवले मार्ग निमार्णका लागि एलाइनमेन्ट (रुट रेखांकन) सार्वजानिक गर्दै भन्नुभयो,‘ मन्त्री परिषदबाट पारित हुँदै टेन्डर प्रक्रियामा जाने छन् ।’
तर, मधेश प्रदेश सरकारबाट एमाले बाहिरिएपछि यो आयोजना बढने छन कि यथावत रहने हुन हेर्न बाँकी रहेको छ । किनकी यस अघिका मन्त्री र पालिकाका प्रमुखहरु बिच कुरा नमिल्दा आयोजना सुरु हुन सकेको थिएन । तत्कालिन मंत्री यादवले यो आयोजना अगाडी बढाउन कसैले हिम्मत गरेको थिएन बताउनु भयो ।
मधेशी शहीद लोकमार्गको लागि अलाइनमेन्ट सलेक्शनका काम भईसकेको छ । ईओआई ईबिडिङ्गबाट सुचना प्रवाह गरि कन्सलटेन्ट हायर गरि तिनवटा एलाईनमेन्ट बनाउन लगाएर तिनै मध्ये इकोनोमिक, छोटो र सिधा एलाइन्मेन्ट कार्यान्यनका लागि मन्त्री स्तरीय निर्णयबाट स्वीकृत भई मन्त्रीपरिषदमा जाने तयारी भएको छ ।
विगत दुई आर्थिक वर्षदेखि स्वीकृती पाएर निर्माण कार्य अगाडी बढन नसकेको आयोजनालाई यादवले मधेशको हितका लागि अगाडी बढाउनु भएको हो ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
1 घन्टा पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
4 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
