देवभुमि जनकपुरधाममा यज्ञको तयारी हुँदै
3 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,माघ २३ गते । देव भुमि एवं जानकीको पवित्र भुमी जनकपुरधामको ऐतिहासिक स्थल रंगभुमी मैदानमा भव्य महायज्ञ आयोजन हुँदैछ ।
भगवान राम र माता सीताको स्वयम्बर स्थल रंगभुमिमा ९ दिनसम्म १०८ मण्डपमा श्रीसीताराम नाम जाप हुनेछन । त्यसमा १०८ पाठकहरु (रामायणीहरु) द्वारा श्रीरामचरित्रमानस पाठ हुने यज्ञ आयोजक संत जगतानन्द स्वामी (पगलाबाबा) ले बताउनु भयो ।
अगामी फाल्गुण २८ गतेबाट आरम्भ हुने उक्त महायज्ञ तयारी तिब्रगतीमा भईरहेको देखिन्छ । सो महायज्ञ चैत्र ६ गते सम्म हुने जनाएको छ ।
संत पगला बाबाले सो महायज्ञमा उपस्थितीको लागि देश बिदेशका श्रद्धालु तथा बिशिस्ट अतिथिहरूलाई आमन्त्रण गर्दैछन ।
उहाँले यज्ञ आयोजनको लागी छुट्टै कुनै बजेटको ब्यबस्था नभएर दान दातव्य र चन्दाबाट गरिने समेत बताउनु भयो ।
यज्ञलाई सफलता पुर्वक सम्पन्न गर्नको लागि पगलाबाबाद्वारा आयोजित बैठकबाट मुल समारोह कमिटी र विभिन्न उपकमिटी गठन भएको सो बैठकमा सहभागि श्रद्धालु कामेश्वर झा ले बताउनु भयो ।
महायज्ञको मुल आयोजक कमिटीमा जनकपुरधाम उपमहानगर पालिकाको पूर्व मेयर बजरंग प्रसाद साह लाई राखिएको छ ।
रंगभुमी मैदानमा आयोजन हुन लागेको महायज्ञमा सहयोग को लागि आयोजक पगला बाबा तथा कमिटी लगयातका परिवारहरु इच्छुक श्रद्धालु संग अनुरोध स्मरण रहोस् यही पगला बाबाको सक्रियतामा जनकपुरधामको ऐतिहासिक सरोबर महाराज सागर अर्थात दशरथ तलाउमा संचालित पगला बाबा धर्मशाला रहेका छन ।
सो धर्मशाला निर्माणमा यहाँका स्थानिय धर्मभिरुहरुको सहयोग रहेको थियो । अचेल पनि सो धर्मशाला सुव्यवस्थित रुपमा संचालन स्थानिय कमिटीबाट भईरहेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
