+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

देवशिला आज अयोध्याका लागि प्रस्थान

3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, माघ १६ गते । नेपालको मुस्तांग जिल्ला भएर बग्ने कालीगण्डकी बाट ल्याएको देवशिला आज भारतको अयोध्याका लागि प्रस्थान भएको छ ।
भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा भगवान रामको प्रतिमा निर्माणका लागि ल्याइएको देवशिला आज सोमबार अयोध्या पठाइएको छ ।


म्याग्दीको कालीगण्डकी नदिबाट ल्याएको उक्त शालिग्राम झण्डै ५ हजार वर्ष पुरानो रहेको विशेषज्ञहरु बताउने गरिन्छ । दुर्लभ शालीग्राम १२ गते पोखरा ल्याएको थियो । त्यसको भोलीपल्ट नारायणघाट स्थित देवघाटमा रहेको थियो । र शनिवार अबेररातिमा जनकपुरधाम आईपुगेको थियो । आईतवार यहाँ विहान र सांझमा भव्य राती आयोजना गरिएको थियो । र आज सोमबार अयोध्याको लागि पठाएको छ ।
धार्मिक मान्यता अनुसार शालिग्राम नेपालको एक मात्र कालीगण्डकी नदीमा पाईन्छ । त्यस मुल्यमान्यता अनुसार नै विश्वहिन्दु परिषका कार्यकर्ताहरु सक्रिय भएर कालिगण्डकीबाट देवशिला ल्याउने योजना बनाएको थियो । यसैक्रममा मुस्तांग जिल्लाबाट दुई विशाल शिला जनकपुरधाम ल्याइएको थियो ।


धार्मिक स्थल जानकी मन्दिर आंगनमा देवशिला आईपुगेपछि महाआरती कार्यक्रम आयोजना गरिएको थियो । त्यस कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, धनुषा क्षेत्र नं.का ३ प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतो, जानकी मन्दिरको महन्थ रामतपेश्वर दास वैष्णव लगायतको उपस्थिति रहेको थियो ।
नेपालबाट प्रदान गर्न लागिएको शिलाबाट भगवान रामको बालस्वरुप निर्माण गरिनेछ । शिला संकलन तथा पठाउने कार्यमा सक्रिय रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दासका अनुसार सो ढुंगाबाट निर्माण गरिने भगवान रामको बालस्वरुप मन्दिरको गर्भगृहमा स्थापित गरिने छ । यो दुईट शिलामा एकमा रामको बालस्वप र अर्कोमा जानकी महारणीको मुर्ति निर्माण गरिने छ ।
लामो संघर्षपछि भारतको अयोध्यामा राम मन्दिर निर्माण भई रहेको बताउँदै जानकी मन्दिरका महंथ रामतपेश्वर दास वैष्णवले यो सम्पूर्ण हिन्दुहरुका लागि खुशीको विषय थप्नुभयो ।
यो देवशलाले नेपाल–भारत बिचको वर्षो पुरानो धार्मिक सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउने उहाँले बिचार व्यक्त गर्नुभयो ।


गत पुस ३ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो । यसको खोजी म्याग्दी र कालीगण्डकी नदीको दोभानबाट शुरु गरिएको थियो । प्राविधिक हिसाबले ठूलो पहिरो नजिकै उपयुक्त शिला फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..

2 घन्टा पहिले

खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..

रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..

4 घन्टा पहिले

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

7 दिन पहिले