+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

भारतीय रोगीले मधेश प्रदेशमा रोगीको वृद्धि हुँदै

3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, माघ १६ गते । भारतका कुष्ठरोगीले यहाँ उचार गराउन आउँदा आफ्नो स्थायी ठेगानमा नेपालकै लेखाउँदै आएको ले मधेश प्रदेशमा कुष्ठ रोगीको सङ्ख्या ग्राफमा बढी देखिदै छ । यसले गर्दा नेपालेका कुल कुष्ठरोगीमा झण्डै ४० प्रतिशत मेधश प्रदेशमा देखिन्छ ।
७० औँ विश्व कुष्ठरोग दिवसको अवसरमा मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले आयोजना गरेको अन्तरक्रियामा रोगलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता रहेको वक्ताहरुले विचार व्यक्त गर्नुभयो ।
यस वर्षको कुष्ठरोग दिवस विश्वभर विभिन्न कार्यक्रम आयोजना गरेर मनाइरहेको छ भने मधेश प्रदेशले ‘कुष्ठ रोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ संचारकर्मीहरुका साथ अन्तरक्रिया आयोजना गरियो ।
सो अन्तरक्रिमा मधेश प्रदेशमा रोगीको सङ्ख्या झण्डै ४० प्रतिशत हुनु चिन्ताको विषय भएको वक्ताहरुले बिचार व्यक्त गर्नुभयो । नेपालमा हाल पहिचान भएका २ हजार २ सय ८५ कुष्ठ रोगीमध्ये मधेश प्रदेशमा ९ सय १० जना रहेका छन् ।


खास गरेर भारतसँगको खुल्ला सीमाना तथा बढ्दो जनघनत्व र रोग लुकाउने प्रवृत्तिका कारणले यस ठाउँमा रोगीको सङ्ख्या अधिक रहेको जनाएको छ ।
मधेश प्रदेशको लालगढ कुष्ठरोग अस्पतालले कुष्ठ रोगको निःशुल्क उपचारका साथै औषधि, खाने बस्नेको व्यवस्था गरेको अस्पतालका उप निर्देशक डा. कृष्ण बहादुर तामाङ्गले बताउनुभयो ।
मधेश प्रदेशमा कुष्ठरोगीको संख्या बढी ग्राफ देखाउँदै आएको लाई न्युन गर्नको लागि प्रदेश स्वास्थ्य निर्देशनालयले रोगको खोजतलास कार्य दुई जिल्लामा अभियानको रुपमा चलाएको निर्देशनालयका क्षय, कुष्ठ अधिकृत राजवीर यादवले बताउनु भयो । उहाँले यसमा संघीय सरकारको अझै साथ र सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले सन् २०३० सम्ममा नेपालबाट कुष्ठरोग उन्मूलन गर्ने उद्देश्य लिएकाले जानकारी दिँदै त्यसका लागि थप कामकाज गर्न आवश्यकता रहेको थप्नुभयो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रवण नायकले सबैको साथ र सहयोगले मात्र कुष्ठ रोगलाई नियन्त्रण गर्न सक्ने बताउँदेै यस कार्यमा खासगरेर पत्रकारहरूले कलम चलाउना आग्रह गर्नुभयो ।
सो अन्तरक्रियामा नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामतले कुष्ठ रोगबाट हुने अङ्गभङ्गबाट जोगिनका लागि समयमा उपचार गराउनुपर्ने बिचार राख्दै भारतबाट आउने रोगीलाई आफ्नो वास्तविक ठेगाना लिाउनको लागि प्रेरित गर्नको लागि सुझाब दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले