कमल साह
जनकपुरधाम, माघ ८ गते । जनकपुरधाम उपमहानगरका दुई होनहार युवाको भारतमा अपहरणपछि हत्या गरिएको छ ।

हत्याराले अपहरण गरेर उनीहरू परिवार संग ५० लाख फिरौती माग्दा माग्दै दुइटै युवाको घाँटी थिचेर हत्या गरी खाडलमा पुरेको थियो. सोहि अवस्थामा शव फेला परेको जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका– ८ का पृथ्वी साह को नाती जगदीश साह को १९ वर्षीय छोर रोहित कुमार साह र वडा नम्बर १३ पिडारीको पछियारी टोलका रामकिशोर साह को नाती रामबाबू साह को २२ वर्षीय छोरा विष्णु साहको भारतको बिहार राज्य को सितामढी जिल्लामा अपहरणपछि हत्या भएको हो ।

उनी दुवै जना पुस २७ गते आफ्नो आफन्तको घर भारतको सितामढी जिल्ल का बेला परिहार गाउँमा भोज खान गएका बेला अपहरणमा परेको र २० लाख रुपैयाँ फिरौती मागिएको थियो . परिवारजनले २० लाख जोहो गरिदा लुटेरा डाकाले फेरी ५० लाख फिरौती मागिएको थियो. पिडित परिवार ले यही माघ ४ गते प्रहरीमा उजुरी दिनु भएको थियो ।

भारतीय प्रहरीसँग मिलेर अनुसन्धान गर्दा बिहारको सितामढीमा खाडलमा गाडिएको अवस्थामा दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

यसैबीच, अपहरणपछि हत्या घटनामा संलग्न भएको आशङ्कामा भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको समाचार प्राप्त भएको छ ।

नेपाल प्रहरीले पनि अन्य दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो ।