जनकपुरधाममा पहिलो पल्ट अन्तर्राष्ट्रिय स्तरको ट्रेड एक्सपो हुने
3 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम, माघ ८ गते । प्राचीन मिथिलाञ्चलको र अचेल मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको वृहत व्यापारिक मेला फागुन मा आयोजन हुंदैछ.
जनकपुरधाम ट्रेड एक्सपो २०२३ नाम बाट हुने व्यपारिक मेला अगामि फागुन ५ गते देखि १४ गते सम्म हुने आयोजक जनकपुरधाम उद्योग बाणिज्य संघ ले जनाएको छ ।
यस अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानहरूलाई एउटै छानामुनि सहभागि गराई व्यापारिक अनुभव आदान प्रदान तथा नयाँ आयाम एवं सम्भाव्यता खोज्ने उद्देश्यले एक्सपोको आयोजना गर्न लागिएको बताइएको छ ।
यहाँ का एतिहासिक स्थल तिरहुतिया गाछिमा आयोजना हुन लागेको मेलामा स्वदेशी तथा स्थानिय उत्पादनलाई प्रवर्द्धन गर्ने प्रमुख उद्देश्य लगायत सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बंगलादेशका विभिन्न क्षेत्रका व्यापारीहरूको पनि सहभागिता रहने आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी गराउनु भयो ।
औद्योगिक अवसरहरूको सम्भावित अध्ययन तथा क्षेत्रीय स्तरमा लगानी गरी विदेशबाट आउने व्यापारी तथा उद्योगीहरूलाई प्रोत्साहित गरी स्थानिय तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धमा विस्तारका लागि सहकार्य गर्न एक्सपो हुन लागेको सहआयोजक सिया ईभेन्टले जनाएको छ । यस वृहत्त मेलाले पर्यटन विकासमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ .जनकपुरधाम स्थित तिरहुतिया गाछी परिसरमा आयोजना हुने एक्सपोमा झणडै १५० स्टलहरू रहने जनाको छ ।
उक्त मेलामा १ लाख भन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव मनोज कुमार साहले बताउनननु भयो। यहांका व्यापार मेलामा पाईने विषेश सामानहरूमा अटोमोबाईल्स, गार्मेन्टस, कन्स्ट्रकसन बैंक, होम सप्लायर्स, हेल्थ एण्ड फिटनेश, छालाजन्य उत्पादन, किचेनवेयर तथा यस क्षेत्रका स्थानिय तथा नविनतम उत्पादनहरूको स्टल रहने आयोजक बताउंगी छन ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
