सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ ५ गते । सर्लाहीको हरिवनमा आज लैङ्गिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिकाका सम्बन्धमा वडाध्यक्ष र वडासदस्यहरु संगको अन्तक्र्रृया गरिएको छ ।
आइफिएस नेपालको प्राविधिक सहयोग, स्विस सरकार विकास सहयोग (एसडिसी) र अष्ट्रेलियन सरकारको आर्थिक सहयोग र माण्डवीको आयोजनामा बडाध्यक्ष र पुरुष वडासदस्यलाई राखेर अन्तक्र्रृया गरिएको हो ।
उनीहरुलाई रमा पौडेल र प्रभु चौधरीले सहजीकरण गरेको माण्डवीका जिल्ला कार्यक्रम अधिक्रृत मनिल श्रेष्ठल जानकारी दिए ।
माण्डवीका जिल्ला कार्यक्रम अधिक्रृत मनिल श्रेष्ठको अध्यक्षतामा १ दिनेअन्तक्र्रृया समपन्न भएको छ । आजको अन्तक्र्रृयामा सहभागी वडाध्यक्ष र पुरुष वडासदस्यहरुले महिलालाइ नेतृत्वदायी भुमिकामा ल्याउनका लागि चारवटा प्रतिबद्धता गरेका छन् । कुनै पनि समिति गठनमा महिलालाइ पहिलो प्राथमिकता दिने, घर परिवारमा काम बाँडेर गर्ने र आर्थिक कारोवारमा महिलाको प्राथमिकता, राजनितिक मातृ संगठनमा प्रमुख जिम्मेवारी दिने उपभोक्ता समिति गठनमा प्रमुख पद महिलालाइ दिने प्रतिबद्धता जनाएका हरिवन १ का वडाध्यक्ष टमबहादुर घिसिङले बताए ।
यस परियोजनाले मुख्यतः कार्यक्रम संचालन भएका पालिकाहरुका वडा तहमा निर्वाचित महिलाहरुको योजना तथा निर्णय प्रकृयामा अर्थपुर्ण सहभागिताका लागि समग्र नेतृत्व क्षमता सुदृढ गर्ने लक्ष्य लिएको छ ।
