कमल साह
जनकपुरधाम, पुस २९ गते । धनुषा जिल्लाको नगराईन नगरपालिकाका मेयर र उपमेयर बीचको बैचारीक युद्धमा नगरपालिका भरिका विकास निर्माण कार्य ठप्प भएको छ । तर, त्यस भन्दा अपठ्यारमा त्यहाँ संचालित सामुदायिक विद्यालयमा अध्ययनरत १० हजार विद्यार्थी हरु छन । उनिहरुको भविष्य अन्धकारमा पर्नथालेका छन ।
नगरप्रमुख तथा उपप्रमुख बीचको विवादले हालसम्म नगरसभा हुनसकेको छैन । नगरसभावाट बजेट पास नभएको ले शिक्षकहरू ६ महिनादेखि तलब पाएका छैनन् । तलब नपाएको ले शिक्षकहरु पठन पाठन छाडेर आन्दोलनमा उत्रेका छन । यसलेगर्दा नगर क्षेत्रमा संचालित सबै सामुदायिक विद्यालयको पठन पाठन ठप्प भएको छ ।
नगराईन नगरपालिकामा माध्यमिक तहका ३ तथा आधारभूत तहका १३ गरेर कूल १६ वटा विद्यालय रहेका छन् । सो विद्यालयमा कार्यरत शिक्षकहरू साउन महिनादेखि तलब पाउन नपाएपछि घर परिवार चलाउनमा समस्या उत्पन्न भएको भन्दै तलवभत्ता माग गर्दै नगरपालिका अगाडी दैनिक धर्ना दिन थालेका छन । यसलेगर्दा विद्यालयहरूको पठन पाठन लगभग डेढ महिनादेखि ठप्प रहेको छ ।
विद्यार्थीहरूले पठनपाठन सुचारु हुनुपर्ने मांगगर्दै आन्दोलनमा उत्रेपनि उपप्रमुख सहित वडाध्यक्षहरूले कुनै वासता नगरेको ले अहिलेसम्म पठनपाठन सुचारु हुन सकेको छैन ।
नगराईन नगरपालिकाको राजेश्वर निधि माध्यमिक विद्यालयका विद्यार्थी सुभाष साहले जुंगाको लडाईमा हाम्रो भविष्य समाप्त गर्नथालेको गुनासो गर्नु हुन्छ ।
विद्यालयहरू लगातार बन्द भएको ले नगरपालिकाले सञ्चालन गर्ने अर्द्ध वार्षिक परीक्षा प्रभावित हुनुका साथै एसइईका विद्यार्थीहरूलाई परीक्षा फारम भर्ने सहितका कामकाजमा समस्या उत्पन्न भएको छ । यसले विद्यार्थीको भविष्य अन्योलमा परिरहेको नगराईन नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु पनि आन्दोलनमा उत्रेका छन ।
नगरपालिकामा उत्पन्न भएको विवाद समाधान गर्नका लागि सर्वदलीय सर्वपक्षीय बैठक पटक पटक गरेपनि समस्या निकास निस्कन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताउनु भयो ।
उहाँले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयको सहभागितामा सहमतिको प्रयास गर्दा पनि सफलता प्राप्त हुननसकेको बताउनु भयो ।
नगराईन नपाका दश हजार विद्यार्थीको भविष्यसंग खेलवाड गरेर मानसम्मान पाउने होत
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
