सन्जु कर्ण, सर्लाही,
सर्लाही, पुस २९ गते । सुर्योदय टेलीभीजनले बक्तृत्वकला प्रतियोगीता सुर्योदय स्पिच गर्ने भएको छ ।
मधेश प्रदेस स्तरीय हुने प्रतियोगीतामा १५० जाना बिद्यार्थी सहभागी हुने छन् भने यो २५ श्रृंखलाको हुने टेलीभीजनका प्रबन्ध निर्देशक बिष्णु मैनाली उप्रेतीले बताउनु भयो ।
टेलीभीजनले सिता प्यालेश होटलमा एक कार्यक्रमको आयोजना गरी स्थानीय सरकारको कार्यक्षेत्र भित्रका सम्पुर्ण माध्यमिक तहका बिद्यालयहरुको सहभागीतामा कार्यक्रम निर्माण हुने सुर्योदय टेलीभीजनका अध्यक्ष मनोज उप्रेतीले बताउनु भयो ।
स्थानीय सरकारको कार्यक्षेत्र भित्रका ञकक्षा ८ देखी १२ सम्म बिद्यार्थीहरुको सहभागीता गराउँदै टेलिभिजन रियालीटी शो निर्माण सम्पन्न गरी सुर्योदय टेलीभीजन साथै टेलिभिजनको आधिकारीक युटुव च्यानल र फेसबुक पेजमार्फत एकै साथ प्रसारण गरिने टेलीभीजनका बरिष्ठ कार्यक्रम उत्पादक तथा निमार्ता केशव राजभण्डारीले बताउनु भयो ।
कार्यक्रममा बिभिन्न बिद्यालयका शिक्षक, बिभिन्न पालीकाका शिक्षा साखा प्रमुख हरुको उपस्थिती रहेको सुर्योदय टेलीभीजनका मधेश प्रदेस ब्युरो रविन घिमिरेले बताउनु भयो ।
