कमल साह
जनकपुरधाम,पुस २७ गते । नेपाल सरकारको लक्ष्य अनुसार पालिकाहरुमा बजेट निर्माण कार्य हनु नसकेको ले यसको लागि सचेतना कार्यक्रम संचालन गर्ने सम्बन्धित निकाय अगाडी आएको छ ।
नेपालका पालिकाहरुमा सार्वजनिक वित्त व्यवस्थापन गराउनको लागि युनिसेफ,डेको,मित्र समाज, युरुपियन युनियन,नेपाल सरकार,युएन ओमेन सक्रिता देखाएको छ ।
मित्र समाजका टिम लिडर विनय दिल लामा का अनुसार पालिकाहरुमा सार्वजनिक वित व्यवस्थापन गराउनको लागि हाल पाँचवाट पालिकामा यो कार्यक्रम लागु भएको छ । त्यसमा जनकपुरधाम उप महानगरपालिका,ललितपुर महानगरपालिका, नेपालगंज उपमहानगर पालिका,धनगढी नगरपालिका र विरेन्द्रनगर नगरपालिका रहेका छन ।
शिक्ष,संचार,व्यावसायी क्षेत्रको समेत विकासका लागि अब पालिकाहरुको बजेट बिनियोजन गराउन यी क्षेत्रलाई समेत सहभागी गराउने लगाउने योजना रहेको लामा ले बताउनु भयो । यसैक्रममा जनपुरधाम उपमहानगरपालिका अब ‘चायल्ड पार्लियामेन्ट’ स्थापना हुने उहाँले बिचार थप्नुभयो ।