कमल साह
जनकपुरधाम, पुस २७ गते । वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर प्रसाद नेपाली अचेल गम्भिर रोगबाट पिडीत हुनुभएको छ ।
उहाँ स्वास्थ्य लाभको लागि घरमै आराम गरिरहनु भएको खबर पाएर मधेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत साह, मानवअधिकारवादी कृष्ण पहाडी, वरिष्ठ पत्रकार तथा प्राध्यापक रामरिझन यादव, तराई मधेश पाटी (तमलोपा) का अध्यक्ष वृषेश चन्द्र लाल, उपाध्यक्ष डा.विजय कुमार सिंह, मैथिली विभागका पूर्व प्रमुख एवं प्राध्यापम पशुपतिनाथ झा,वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी अशोक रौनिया, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झा,उपाध्यक्ष अवधेश कामत,कोषाध्यक्ष राजकमल सिंह,नेपाल प्रेस युनियन धनुषाका सचिव निरंजन साह लगायतले उहाँको निवास जनकपुरधाम उपमहानगरपालिका– २३ बेला गाउँमै पुगेर स्वास्थ्यको वारेमा खबर लिएका छन। साथै उनिहरु शिघ्र स्वास्थ्यको कामना गरेका छन ।
गृह तथा सञ्चार मन्त्री भरत साह ले पुस २० गते घरमै पुगेर भेटघाट गर्दै स्वास्थ्य अवस्था बारको जानकारी लिनुभएका छन् ।
प्रेस स्वतन्त्रता सेनानी नेपाली को ढाँड र मेरुदण्डमा समस्या आएपनि भारतको दिल्लीमा उपचार गराएर हाल घरमै आराम गरिरहेका छन ।
मन्त्री साहले आफुहरु जनयुद्वका वेलामा पनि नेपालीको प्रखरता र निश्पक्षता देखेको भन्दै राज्यले नेपाली जस्ता महान पुरुषहरुको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । मधेश सरकारले यस्ता व्यक्तित्वहरु प्रति सधै उच्च भावना राख्ने भन्दै मन्त्री साहले नेपालीको लेख, रचना र कृती तथा प्रकाशनहरु सधै समाज र देशको हितमा हुने तर्क राख्नुभयो।
त्यस्तै बालब्रह्मचारी, अहिन्साका पूजारी तथा मानवाधिकारवादी नेता कृष्ण पहाडी पुस २४ अर्का अहिन्साका उपासक वरिष्ठ पत्रकार तथा सामाजसेवी श्री राजेश्वर प्रसाद नेपाली को घरमै पुगेर भेट्नु भयो ।
जनकपुरधाम–२३ स्थित बेला गाउको उनको घर पुग्दा उनि साह्रै दुखी भएका हुन ।
त्यस्तै अर्का वरिष्ठ पत्रकार तथा पूर्व प्राध्यापका एवं राजनीतिकर्मी रामरिझन यादव ७८ वर्षीय पत्रकारिताका साधक बेडबाट उठ्न नसकेपछि छाङ्गाबाट झरे झै भएका हुन ।
श्री नेपालीलाई अभिनन्दन गर्न करिव १२ सय पृष्ठको ग्रन्थ तयारी अवस्थामा रहेकै बेला उनको शारीरिक अवस्थाले मलाई चिन्तित तुल्याएको यादव ले बताउनु भयो ।
अन्तमा यादवले भन्नुभयो, श्री नेपालीलाई नागरिक अभिनन्दन गर्ने धोको छ ।
उनिसंग भेट्न जानेहरु सिघ्र स्वास्थ्य लाभको कामना गर्दैछन ।
वरिष्ठ पत्रकार तथा पे्रस स्वतन्त्रता सेनानी नेपाली गम्भिर रोगबाट पिडीत
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
