स्व. मकेश्वर प्रसाद सिंह को १२ औं स्मृति दिवस सम्पन
3 वर्ष पहिले प्रकाशित
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, पुस ७ गते । सधै निष्ठा र सिद्धान्तमा रसह समाजिक उत्थानका लागि मन, वचन र कर्मले समर्पित अनुकरणीय आदर्श चरित्रका व्यक्तित्व विकास पुरुष स्व. मकेश्वर प्रसाद सिंह को १२ औं स्मृति दिवसको अवसरमा भवयता का साथ श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

सो सभामा एभिन्यूज टिभि र उज्यालोका धनुषा समाचारदाता सुजीतकुमार झालाई मकेश्वरबाबू उत्कृष्ठ सामाजिक सेवा पुरस्कारले बुधवार सम्मानित गरिएको छ ।
जनकपुरधामको समाजिक क्षेत्रका अग्रणी व्यक्तित्व मकेश्वरप्रसाद सिंहको नाउँमा स्थापित सो पुरस्कार सिंहको १२ स्मृति दिवसको अवसरमा प्रदान गरिएको छ ।
पुरस्कारमा ५१ सय ५ नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ । पत्रकारिता र मैथिली साहित्यको माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सो पुरस्कार प्रदान गरिएको छ ।
अढाइ दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहेका पत्रकार झाको मैथिली भाषामा १५ वटा पुस्तक प्रकाशित रहेको छ । झा मैथिली, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर समेत गरेका छन ।
विकास पुरुष मकेश्वर बाबू सामाजिक प्रतिष्ठानका अध्यक्ष रीतेशकुमार सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी अमरचन्द्र अनिल, नेकपा एस का पोलिटव्यूरो सदस्य श्रीप्रसाद साह, जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाशचन्द्र साह, कृष्ण दिक्षीत, सम्मानित हुने पत्रकार सुजीतकुमार झा लगायतका वक्ताहरुले बोलेका सो कार्यक्रमा बिभिन्न व्यत्तिहरु उपस्थिती भएको थियो ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
2 घन्टा पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
4 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
