कमल साह
जनकपुरधाम,कार्तिक ९ गते । विवाह पंचमी महोत्सवको अवसर पारेर विश्व हिन्दु परिषद नेपालले २५ जोडी को सामुहिक विवाह गराउने छ ।
त्रेता युगमा भगवान श्री राम र श्री जानकी महरानी बीच भएको वैवाहिक कार्यक्रमलाई यादगारको रुपमा यो सामुहिक वैवाहिक कार्यक्रम रचिएको छ ।
बिश्व हिन्दु परिषद नेपालको आयोजनामा सो वैवाहिक कार्यक्रम जानकी मन्दिरको आंगनमा नै आयोजना हुने आयोजक ले जनाएको छ । बिबाह पञ्चमी महामहोत्सवको अन्तिम छन रामकलेवाको दिन अर्थात मसिंर १२ गत २५ जोडी युवायुवतीको सामुहिक विवाह हुने परिषदले जनाएको छ ।
विश्व हिन्दु परिषदका केन्द्रिय महासचिव जितेन्द्र सिंहले दुनियामा सबै भन्दा शुभ र उतम विवाह स्थल जनकपुरधाम रहेको दर्शाउन र बैबाहिक गनतब्यका रुपमा प्रचारगर्न परिषदले यो अभियान स्वरुप कार्यक्रम ल्याएको जानकारी गराएका छन् ।
विवाहमा बेहुलीलाई कपडा सेट, किचेन सेट, बेडसेट र सुनको मंगल सुत्र तथा बेहुलीलाई कपडा सेट सहितका सरसमानहरु समेत उपलब्ध गराईने कार्यक्रम संयोजक तथा परिषद धनुषाका अध्यक्ष संतोष कुमार साह बताउनु हुन्छ ।
सामुहिक विवाह समारोहमा सबै जातजातीका युवायुवतीको एकैसाथ सहभागिता रहने भएकाले यस्ता कार्यक्रमले हिन्दु धर्ममा कुनै पक्षपात नरहेको प्रमाणीत हुने र तराई मधेशको रोग दाईजो प्रथामा समेत न्युनीकरण हुने विश्वास उहाँले लिनु भएको छ ।
उहाँले प्रत्येक एक जोडीमा ५१ हजार खर्च हुने बताउँदै अगाडी थप्नुभयो, विवाहमा बेहुला र बेहुली पक्षका २५÷२५ जनाको खाना र बस्ने सुविधा मिलाई रहेको छु । यस विवाहमा सहभागि हुने बेहुला बेहुलीलाई बाजागाजाका साथ नगरपरिक्रमा गराइने छ ।
सो कार्यक्रममा परिषदका ट्रस्टी ओम प्रकाश सर्राफ, परिषदकै सदस्यहरु प्रभु दयाल जलान, धनुषधारी पाण्डे, बैद्यनाथ साह, युवा धनुषा अध्यक्ष मोहन कुमार साह, उपाध्यक्ष बिरेन्द्र साह, जितनारायण भगत, रघुनाथ महतो, अमन गुप्ता सहितको उपस्थिती थियो ।
विवाह पंचमीमा २५ जोडीको सामुहिक विवाह हुने
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
2 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
3 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
4 दिन पहिले
संवाददाता
संवाददाता
