+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

राजदेवीमाताको प्रत्यक्ष दर्शनबाट किन नारीहरु बंचित हुन्छिन् ?

3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, आश्विन २० गते । असुर अर्थात राक्षसलाई मार्नको लागि ब्रम्हा, विष्णु, महादेव लगायतका देवताहरुले आ–आफ्नो तेजस्वी शक्तिबाट महादेवी, महाकाली, महागौरी, चामुण्डा लगायतका नामबाट दुर्गा माताको उत्पति भएको धर्मग्रन्थमा उल्लेखित छ ।
तर, दुर्गापूजाको अवसरमा हामी महिला नै राजदेवी माताको दर्शन गर्न पाउँदैनौ । यो कस्तो विडम्बना रहेको अधिवक्ता रेखा झा ले बताउँछिन ।
ऐतिहासिक नगर जनकपुरधामको प्रतिक राममन्दिर र जानकी मन्दिरलाई मान्दै आएको हो । त्यसमा राम मन्दिर स्थित शक्तिस्वरुपा माता राजदेवीको वासस्थल रहेको छ । श्रद्धा,आस्था, विश्वास रहेको माता राजदेवी साँचै महिमा गरिमाबाट ओत प्रोत रहेका हुन । तस्र्थ प्रभावशाली, दयालु तथा कृपालु माता हो भनि समाजमा राम्रो मान्यता रहेको छ । राजदेवी मातालाई सँधै पूजापाठ तथा दर्शन पूजनगर्दै आएको महिलालाई दुर्गापूजाको अवसरमा प्रत्यक्ष दर्शन गर्नबाट रोकिएको हुन्छ ।
महिलालाई प्रत्यक्ष दर्शन पुजन गर्नमा रोक उहिल्येदेखि लगाएको हो । उनिहरु दर्शन पुजन गर्न पाउने ठाउँमा समेत झ्याल समेत बन्द गरिएको हुन्छ ।
त्यसबारेमा राममन्दिरका महंथ राम गिरी भन्छन– हामीले महिलालाई दर्शन गर्नबाट रोकेको छैन । यो प्रचलन कुन वेलादेखी चलेको हो कसैलाई थाह छैन । परम्परा तोडदा केहि भयो भने जिम्मेवारी कस्ले लिने हो ।
राम मन्दिरका मंहथ गिरीले अगाडी भन्नुभयो, ‘ मेरो अनुमान अनुसार रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकी हुनाले मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हुनसक्छ ।
उनि अगाडी थप्छन, ‘राजदेवी माताको तान्त्रिक विधिबाट पूजा हुने भएकाले महिलालाई गहवर भित्रमा प्रतिमा छोएर पूजाआजा गर्नबाट रोक लगाइएको हो ।’
माता महिला रहेकी छिन र एक महिलाले अर्को महिलालाई दर्शनगर्न नपाउनु प्रति अवश्य सामन्ति प्रवृतिको उपज हो आरोप गृहणीहरु बताउँछिन ।
धर्मग्रन्थमा महिलालाई संरक्षक सृजनाकर्ता मान्दै आएको ठाउँमा कसरी बोक्सीहुन सक्छ विचार राख्दैे समाजमा कसैबाट बदला लिनु परेको हुन्छ भने बोक्सीको आरोप लगाई कुटपीट गर्नु सजिलो उपाय रहेको छ ।
श्रद्धा भक्ति तथा आस्था पुर्वक मान्दै आएको राजदेवी मातालाई बडादशै ताका दर्शन पूजनमा रोक लगाएको राम्रो होइन । तर, केही दुष्ट प्रवृतिको महिलाले मातालाई रिझाउन सफल भएमा अनिष्टकारी सिद्धहुने श्रृतिपुराणमा उल्लेख हुँदै आएको छ ।
महंथ गिरी अगाडी थप्नुहुन्छ, २०२० सालमा नरेशानन्द गिरी नामका महन्तले यहाँको बलिप्रथा रोक्नु भएको थियो। बलि नचढाउँदा उनलाई अनिष्ट भयो र पछि क्षमापूजा गरी बलि चढाइएको पनि जनश्रृति रहेको हो उहाँ बताउनु हुन्छ ।
अधिवक्ता झा भन्छिन–पहिलाका व्यक्तिहरु अज्ञानी र अशिक्षित रहेको थिए । स्वास्थ्य सम्बन्धी समाजमा चेतना थिएन । औषधी थिएन तथा स्वास्थ्यकर्मीको अभाव रहदै आएको हुनाले मान्छेको मृत्यु निकै हुने गरेको थियो । त्यसवेला कुनै व्यक्तिको मृत्यु हुँदा फलानो ठाउँको देवी लाग्न गएको वा चिलानो महिला बोक्सी छिन ।
उनले नै मारिदिएको हो भनि आरोप लगाउँदै आएको थियो । र समाजले पनि मान्यता दिंदै आएका थिए । तर, आजकाल विज्ञानले सावित गरिदिए छ कि त्यो रोगबाट लाग्न गरेको हुन्छ । उनले हामी राजदेवी मातालाई हेर्न तथा दर्शन गर्न पाउनु पर्छ भनेर अधिकार मांग्दै छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..

2 घन्टा पहिले

खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..

रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..

4 घन्टा पहिले

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

7 दिन पहिले