+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

हरिपूर्वा नगरपालिका र पर्सा गाउपालिकामा अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र २३ गते । सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउपालिका अन्तर्गत र्वल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा वागमती सेवा समाज नेपाल र आर आर पिकेले गरेका कार्यहरुको अनुगमन गरिएको हो । यस पालिकाहरुमा चलाइरहेका वालविवाह, वालमैत्री, वाल संजाल तथा सिकाइ परियोजनाहरुको संयुक्तरुपमा जिल्ला स्तरिय अनुग सम्पन्न भएको हो ।
जनता मा वि पर्सा ५ को तालिम हलमा अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा वागमति सेवा समाज नेपाल को कार्यक्रम सयोंजक प्रमेश बादेले हरिपूर्वा नगरपालिका तथा पर्सा गाउपालिकामा विगतमा संचालन भएको विभिन्न तालिम, अति जोखिममा परेको वालवालिका लाई समाग्री बितरण,पालिका स्तरिय बालमैत्री तथा बाल संजाल गठन, विद्यालय पोषण तथा तालिम,किशोरीहरु लाई प्रजनन तालिम,घटना व्यवस्थापन तालिम सहित को कार्यक्रम गरेको र यस कार्यक्रमबाट बालबालिकामा राम्रो बिकास भएको बताउनुभयो ।


त्यसतै आर आर पिके बाट सिकाइ परियोजना को कार्यक्रम संयोजक नागेन्द्र साहले कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भयो । जिल्ला स्तरिय अनुगमन मा जिल्ला प्रशासन प्रमुख थानेश्वर गौतम, जिल्ला प्रहरी प्रमुख प्रविण पोखरेल,जिल्ला समन्वय समिती उप प्रमुख जितेन्द्र कुमार महतो, आर आर पि के को अध्यक्ष गायत्री महतो ,वागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की,जनता मावि पर्साको प्र अ राजकिशोर राय, वडा नम्बर ५ को वडाध्यक्ष अनिल कुमार यादव, सहितको सहभागित रहेको थियोे ।
यस अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित बालबालिकाले यस्ता तालिम तथा कार्यक्रमहरु बाट हामी निकै नै प्रभावित भएको र अगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको अपेक्षा राखेको पिंकी शर्माले वताइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..

2 घन्टा पहिले

खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..

रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..

4 घन्टा पहिले

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

7 दिन पहिले