कमल साह
जनकपुरधाम, भाद्र १९ गते । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले नेपालको पत्रकारिता तथा साहित्यको क्षेत्रमा प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपाली पत्रकारीताको जिउदो इतिहास रहनु भएको वताउनु भयो.
प्रदेश प्रमुख मिश्रले प्रेस स्वतन्त्रता सेनानी नेपालीको ७८ औँ जन्मोत्सवको अवसरमा रविन्द्र स्मृति प्रतिष्ठान द्वारा जनकपुरधाम उपमहानगर पालिका वडा नंं २३ वेला श्री गोविन्द मन्दिर सभाकक्षमा आयोजित राजेश्वर नेपालीको व्यक्तित्व तथा कृतित्व सम्बन्धी कार्यक्रममा नेपाली बताउनुभयो ।
उहाँले नेपालीले कठोर पञ्चायत कालमा पनि लोकतन्त्रको स्थापनाका लागि पत्रकारिता मार्फत पु¥याउनुभएको योगदानका कारणले पटक पटक जेलनेल पर्नुभएको बताउँदै थप्नुभयो, वरिष्ठ पत्रकार राजेश्वर नेपालीको योगदानको जति प्रशंसा गरेपनि कम हुने छ ।
प्रदेश प्रमुख मिश्रले प्रेस स्वतन्त्रता सेनानी नेपालीको पत्रकारिताको साथै मैथिली तथा हिन्दी साहित्यको क्षेत्रमा भएको योगदान निक्कै महत्त्वपूर्ण एवं सराहनीय रहेको बताउनुभयो ।
भाद्र १८ गते आयोजित कार्यक्रममा मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले राजेश्वर नेपाली नेपालको पत्रकारिता जगतको धरोहर भएको बताउँदै उहाँले कठिन समयमा पनि निर्भिक पत्रकारिता गर्नुभएको बताउँदै उहां नयाँ पुस्ताको लागि प्रेरणाको श्रोत भएको थप्नुभयो ।
सो कार्यक्रममा वरिष्ठ अधिवक्ता युगलकिशोर लाल कर्ण, प्रदेश सभासद परमेश्वर साह लगायतका वक्ताहरूले वरिष्ठ पत्रकार राजेश्वर नेपाली महत्वपूर्ण व्यक्ति त्व हुनुहुन्छ वताउनु भयो ।
रविन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिका वडा नंं २३ का वडाध्यक्ष राघवेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका वरिष्ठ पत्रकार, साहित्यकार, कलाकार, समाजसेवी, सन्त महन्तसहित ७८ जनालाई प्रदेश प्रमुख मिश्रले सम्मानित गर्नुभएको थियो ।
मैथिली साहित्यमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर गर्नुभएका राजेश्वर नेपाली अहिले पनि नेपाली पत्रकारितामा सक्रिय हुनुहुन्छ । लोकमत हिन्दी साप्ताहिक पत्रिकाको नियमित सम्पादनसहित प्रकाशन गर्दै आउनुभएको छ ।
पत्रकारिताको जिउँदो इतिहास हुन प्रेस स्वतन्त्रता सेनानी नेपाली– प्रदेश प्रमुख हरिशंकर मिश्र
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
2 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
3 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
3 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
4 दिन पहिले
संवाददाता
संवाददाता
