भागचरण, जनकपुरधाम
जनकपुरधाम, भाद्र ४ गते । भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण श्रीकृष्णाजन्माष्टमीको अवसरमा प्रत्येक वर्ष कृष्ण मन्दिरमा विशेष पूजापाठ गरिदै आएको छ ।
शुक्रबार भगवान श्रीकृष्णको जन्मोत्सव मनाइदै पूजा समितिले श्रीकृष्ण मन्दिरलाई दुल्ही झैं सजाएको छ ।
शुक्रबार राति १२ बजे भगवान कृष्णको जन्म भएको मान्यता अनुसार विधिविधानका साथ मन्दिरमा पुजा अर्चना गरि कृष्णाष्टमी उत्सव मनाइरहेका छन् । सामान्यतया दिनहुँ जसो भीड रहने सो मन्दिर कृष्णाष्टमीको अवसरमा अझै बढि आकर्षक बनेको छ ।
हातमा मुरली , शिरमा मयूरको प्वाँख लगाई बाँसुरीको मधूर धूनमा मस्त भगवान श्रीकृष्णको आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ ।
सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष हिन्दुधर्मावलम्बीहरुले धुमधामका साथ श्रीकृष्णाजन्माष्टमी मनाउने गरेका छन् । गोविन्द , कान्हा , कन्हैया , काले , मुरलीमनोहर , श्यामसुन्दर , माखनचोर , आदि बिभिन्न नामबाट बोलाईने कृष्णलाई जगतका सम्पुर्ण घटनाको मुख्य सर्जकाका रुपमा पनि स्मरण गरि पुजा अर्चना गरिने गरिएको छ । एका तर्फ न्याय र धर्मको रक्षार्थ विनाश र युद्धको नियतिसंग समानान्तर रुपमा गएको कृष्णको जीवन अर्को तर्फ शान्ति र मानवता तर्फ पूर्ण रुपमा निर्दिष्ट रहेको छ ।
श्रीकृष्ण जन्माष्टमी को अवसरमा शनिबार देखि संस्कृतिक प्रोग्राम ,नाच आयोजना गरेको मेला समिति बताएको छ ।
जनकपुरधाम मुजेलिया–१४ श्री राम जानकी तपसी बाबा कुट्टीमा श्रीकृष्णाजन्माष्टमी मनाउँदै
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
2 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
3 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
3 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
4 दिन पहिले
संवाददाता
संवाददाता
