जनकपुरधाम मुजेलिया–१४ श्री राम जानकी तपसी बाबा कुट्टीमा श्रीकृष्णाजन्माष्टमी मनाउँदै
3 वर्ष पहिले प्रकाशित
भागचरण, जनकपुरधाम
जनकपुरधाम, भाद्र ४ गते । भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण श्रीकृष्णाजन्माष्टमीको अवसरमा प्रत्येक वर्ष कृष्ण मन्दिरमा विशेष पूजापाठ गरिदै आएको छ ।
शुक्रबार भगवान श्रीकृष्णको जन्मोत्सव मनाइदै पूजा समितिले श्रीकृष्ण मन्दिरलाई दुल्ही झैं सजाएको छ ।
शुक्रबार राति १२ बजे भगवान कृष्णको जन्म भएको मान्यता अनुसार विधिविधानका साथ मन्दिरमा पुजा अर्चना गरि कृष्णाष्टमी उत्सव मनाइरहेका छन् । सामान्यतया दिनहुँ जसो भीड रहने सो मन्दिर कृष्णाष्टमीको अवसरमा अझै बढि आकर्षक बनेको छ ।
हातमा मुरली , शिरमा मयूरको प्वाँख लगाई बाँसुरीको मधूर धूनमा मस्त भगवान श्रीकृष्णको आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ ।
सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष हिन्दुधर्मावलम्बीहरुले धुमधामका साथ श्रीकृष्णाजन्माष्टमी मनाउने गरेका छन् । गोविन्द , कान्हा , कन्हैया , काले , मुरलीमनोहर , श्यामसुन्दर , माखनचोर , आदि बिभिन्न नामबाट बोलाईने कृष्णलाई जगतका सम्पुर्ण घटनाको मुख्य सर्जकाका रुपमा पनि स्मरण गरि पुजा अर्चना गरिने गरिएको छ । एका तर्फ न्याय र धर्मको रक्षार्थ विनाश र युद्धको नियतिसंग समानान्तर रुपमा गएको कृष्णको जीवन अर्को तर्फ शान्ति र मानवता तर्फ पूर्ण रुपमा निर्दिष्ट रहेको छ ।
श्रीकृष्ण जन्माष्टमी को अवसरमा शनिबार देखि संस्कृतिक प्रोग्राम ,नाच आयोजना गरेको मेला समिति बताएको छ ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
2 घन्टा पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
4 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
