+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

पत्रकारको हकहितको लागि हाम्रो सरकार कदापी पछाडी नहटने– गृह तथा संचार मंत्री साह

4 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, जेष्ठ २७ गते । मधेश प्रदेशका गृह तथा संचार मंत्री भरत साह ले पत्रकारको हकहितको लागि हाम्रो सरकार कदापी पछाडी नहटने बताउनु भयो ।
मिडिया काउन्सिलद्वारा आयोजित पत्रकार तथा संचार माध्यम अचार संहिता सार्वजनिक कार्यक्रममा मंत्री साह ले उक्त बिचार राख्दै अचार संहितामा सरोकारबालाहरुको हस्ताक्षर भई सार्वजनिक भएको ले सबैजना आ–आफ्नो ठाउँबाट यो नैतिक बन्धन पालना गर्ने भनि विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति धनुषाको सभाकक्षमा विहिवार आयोजित समारोहलाई सम्बोधन गर्दै मंत्री भरत साह ले भन्नुभयो,‘ मधेश प्रदेशमा शान्ति सुरक्षादेखि किसानका समस्याहरु तथा वन विनाश,चुरे उजार बारेमा समाचार लेखेर नागरिकलाई सु–सुचित गर्ने संचारकर्मी र संचार माध्यमहरुलाई हामी प्रोत्साहित गर्न अग्रसर हुँदै आएको हो ।’
उहाँले व्यवस्था बदलिदा अनेक प्रकारको चढाव उतार आउने गरेको संसारको इतिहास रहेको बताउँदै मधेश सरकार प्रति तपाईहरु आशावादी भई कलम बढाउँदै रहन अह्वान गर्नुभयो ।
मंत्री साह ले संचारको लागि छुट्टयाएको रकम आर्थिक वर्ष नाघिएपनि फ्रिज नहुनेगरी राखिएको ले निर्भिक रहन बताउनु भयो ।
मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईको अध्यक्षतामा सो कार्यक्रम आरम्भ भएकोे छ । उहाँले अचार संहितालाई संचारकर्मीदेखि संचार माध्यमहरुले मान्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव ले लोककल्यानकारी विज्ञापन यसै आर्थिक वर्षबाट वितरण हुने बताउनु भयो । उहाँले ऐन नियमावलीको अभावका कारण सो कार्य अगाडी बढाउनमा जटिलता आएको हो बताउँदै ती सबै कठिनाईहरुलाई हामी चिर्र्दै अगाडी बढदै आएको बताउनु भयो ।
प्रेस प्रतिनिधी प्रमाण पत्र वितरण तथा नविकरण आउँदौ साउन महिनाबाट हुने जानकारी गराउँदै अध्यक्ष यादव ले अगामी दिनमा विट पत्रकारीता,कृषि पत्रकारीतालाई अगाडी बढाउनको लागि तालिमको व्यवस्था गर्ने छौं भनि थप्नुभयो ।
पत्रकारिताको विकासका लागि तलिम,भ्रमण तथा अनुगमण कार्यक्रमहरु समेत अगामी दिनमा ल्याउने उहाँले विचार राख्नु भयोे ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत,वरिष्ठ पत्रकार विएम खनाल, चलचित्र बोर्डका अध्यक्ष अशोक दत्त,नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सभापति राजेश कर्ण, धनुषाका उपसभापति अवधेश कामत, शैलेन्द्र झा, मुनेश्वर यादव, अनुप तिवारी लगायतका वक्ताहरुले पत्रकार अचार संहिता पालना गर्दै राष्ट्र र समाजको लागि कलम चलाउंदै रहने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..

2 घन्टा पहिले

खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..

रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..

4 घन्टा पहिले

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

7 दिन पहिले