+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

परिक्रमा आज जनकपुरधाम आई पुग्यो अन्तःगृह परिक्रमा शुक्रबार हुनेभएको ले होली शनिवार हुने

4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुुरधाम,चैत्र ४ गते । अन्तःगृह परिक्रमा आज शुक्रबार भएको ले यस क्षेत्रमा होली शनिवार आयोजना हुनेछ ।
यसपाली धनुषा जिल्लामा तीन दिनेसम्म चल्ने भएको छ । नेपाल सरकारले पहाडी क्षेत्रमा विहिवार होलीको सार्वजनिक विदा गरेको छ । त्यस अनुसार धनुषा जिल्लाको मिथिला नगरपालिकाको उत्तरी क्षेत्रका गाउँ चुरे चाँदनी,लोटा लगायतका गाउँमा विहिवार होली मनाइएका छन । त्यस्तै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका वाहिरी गाउँसंगै तराईका अन्य जिल्लामा शुक्रबार होली मनाईदै छ ।
उसैगरी जनकपुरधाममा शुक्रबार अन्तःगृह परिक्रमा भईरहेको हुनाले होली शनिवार हुने भएको छ ।
मिथिलाविहारी र किशोरी जीको डोला संगै हजारौं नरनारी पाँचकोसी परिक्रमाको अन्तिम पडाव भारतको विसोलबाट विहिवार जनकपुरधाम आई पुगेको छ ।
जनकपुरधामबाट पाँच कोसमा माध्यमिक परिक्रमा भएको ले पँचकोसी परिक्रमा पनि भनिन्छन । कल्याणेश्वरबाट उठ्ने पन्द्र र पाँच दिने संगै २४ घण्टेसमेत तीन खाले परिक्रमा विहिवार जनकपुरधाम आई पुगेका छन ।
पँचायन परिक्रमा कल्याणेश्वरबाट उठेर पहिलो राती जलेश्वरमा दाश्रो राती क्षिरेश्वरनाथमा, तेश्रो राती धनुषाधाममा र चौथौ राती बहुअर्वामा विश्राम गरेका छन । उनीहरु पाँचौ राती जनकपुरधाम स्थित तिरहुतियागाछीमा विश्राम गर्छन ।
पँचायन परिक्रमामा सहभागी हुने श्रद्धालु भक्तजनहरु शुक्रबार अन्तःगृह परिक्रमा क्षेत्रमा रहेका धार्मिक सरोवरहरुको परिक्रमा गर्दै जल सेचन गर्नेछन ।
मिथिला माध्यमिक परिक्रमा नामबाट प्रचारित १५ दिने परिक्रमाको अन्तिम पडाव विशोल पुग्ने दिन २४ घन्टे (बोल बाम) परिक्रमा कल्याणेश्वरबाट आरम्भ हुने गर्दछन । बोलबाँम परिक्रमामा सहभागिहुने श्रद्धालुवर्ग विशोल पुगेर पुनः कल्याणेश्वर आई आफ्नो चिनो मिटाएर जनकपुरधाम आउँदैछन ।
बोलबाँम परिक्रमा र पँचायन परिक्रममा सहभागी हुनेहरु ऐतिहासिक स्थल तिरहुतिया गाछीमा राती बास वस्ने गरेका हुन्छ भने १५ दिने परिक्रमामा सहभागी हुने यात्री रंगभूमिमा या परिक्रमा क्षेत्रमा रहेका अफ्न्तको घरमा समेत वास बस्ने गरेका हुन्छन ।
नेपाल मात्र यस्तो देश रहेको जहाँ तराई, पहाड, हिमाल रहेको र यहाँका हरेक समुदाय होली, छठ, दशैँ जस्ता चाडपर्व मनाएर आपसी सदभाव तथा भाईचारा देखाईरहेक हुन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..

2 घन्टा पहिले

खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..

रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..

4 घन्टा पहिले

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

7 दिन पहिले