सन्जु कर्ण, सर्लाही,
सर्लाही, पुस २० गते । हरिवनमा भएको प्रथम उपमेयर कप क्रिकेट प्रतियोगीताको उपाधी गोडैता नगरपालीकाले उचालेको छ । सोमबार भएको प्रतियोगीताको फाईनल खेलमा बागमती नगरपालीका लाई ५ विकेटले हराउदै गोडैता नगरपालीकाले उपाधी चुमेको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको बागमतीले १६ ओभरमा सबै विकेट गुमाएर ५० रन बनाएको थियो ५१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको गोडैता नगरपालीकाले ६ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटाएको हो ।
प्रथम हुने टिम लाई नगद रु २१ ह्जार शिल्ड, मेडल, प्रमाणपत्र त्यसैगरी दोस्रो हुने टिम लाई नगद रु ११ हजार, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । यसैबिच खेलको म्यान अफ दि म्याच गोडैताका भाग नारायण साह भए उनले १४ रन खर्चेर बिपक्षिको ४ विकेट लिएका थिए भने म्यान अफ दि सिरीज हरिवनका एलेक्स बुढाथोकी भए उनले २ वटा हाफ सेन्चुरी बनाएका थिए । हरिवनमा पहिलो चोटी भएको प्रथम उपमेयर कप क्रिकेट प्रतियोगीताको प्रमुख अतिथी हरिवन नगरपालीकाकी उप प्रमुख रेणुका पौडेल अतिथी हरुमा हरिवन नगरपालीका वडा नं. ११ का वडा अध्यक्ष शेष मेहबुब रेजा, बिदुर प्याकुरेल, केशव ढकाल, अनिल हमाल, प्रवेश पोखरेल, निशा बानिया ठकुरी, प्रभु नारायण शिवाकाटी, गिता राउत, अन्जना शिवाकोटी, युग बहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो । यसै कार्यक्रमका बिच केही समाज सेवि , संचारकर्मि लगायत लाई पनि सम्मान गएिको थियो । ८ टिम सहभागी भएको यो प्रतियोगिता पौष १० गत्ते देखी सुरु भएको आयोजक समितीका अध्यक्ष राकेश चौधरीले बताउनु भयो ।
प्रथम उपमेयर कप क्रिकेट प्रतियोगीताको उपाधी गोडैताले उचाल्यो
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
2 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
3 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
3 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
4 दिन पहिले
संवाददाता
संवाददाता
