विवाहपंचमी महोत्सवमा २२ जाडीको सामुहिक विवाह
3 वर्ष पहिले प्रकाशित
सुबोध कुमार राउत
जनकपुरधाम,मंसिर २२ गते । विश्व हिन्दु परिषद नेपालले यहाँ आयोजना गरेको सामूहिक विवाह कार्यक्रममा २२ जोडी युवा युवतिको विवाह भएको छ ।
रामजानकी विवाह महोत्सव (विवाह पञ्चमी)को अवसरमा विहिबार जानकी मन्दिर परिसरमा २२ जोडी दुल्हा दुल्हीको सामूहिक विवाह सम्पन्न भएको हो । सो सामूहिक आदर्श विवाहमा धनुषा लगायत अन्य जिल्लाका दुल्हा तथा दुल्हीले विवाह गरेका हुन् ।
विवाहको सम्पूर्ण खर्र्च विश्व हिन्दु परिषद द्वारा भएको धनुषा जिल्ला अध्यक्ष सन्तोष साहले बताउनुभयो । सामुहिक विवाहको लागि स्थानिय स्तरमा र बाहिरी सहयोग पनि आएको जनाएका छन ।
समाजमा व्याप्त रहेको दाईजो प्रथालाई निरुत्साहित गर्ने उद्देश्यले जानकी मन्दिरको आंगनमा सामूहिक आदर्श विवाहको लागि मण्डप बनाएर विहे गराइएको हो ।
त्रेता युगमा अयोध्याका राजकुमार श्री राम र जनक नन्दनी सीताको आदर्श विवाह भएको थियो । तर, अचेल दाइजो प्रथाले समाजमा व्याप्त विकृति, हत्याहिंसा, छोरीप्रति विभेद बढदै गएकोलाई न्युनिकरण संघले आदर्श विवाह गर्ने जोडीहरुलाई आफ्नै खर्चमा विवाह गराएको संघका अध्यक्ष संतोष साह बताउनु भयो ।
विवाह पंचमीको अवसरमा आएका साधु संतहरुलाई राम मंदिरमा संचालित गुठी कार्यालयले शुक्रबार विदाई गर्ने छन । महोत्सवमा थुप्रै साधुसंत यसवर्ष सहभागि भएका छन ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
2 घन्टा पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
5 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
