कमल साह
जनकपुरधाम,मंसिर २२ गते । त्रेता युगमा भगवान राम र सीता बीच भएको वैदिक विवाहको यादास्त गर्दै आज यहाँ हजारौ हजार श्रद्धालु भक्तजनको बीचामा विवाहोत्सव मनाईयो ।
विवाह पँचमी तिथी अर्थात बुधवार राम मंदिरका महंथ राम गिरिको नेतृत्वमा निस्केको जैन्ती जनक चौक,शिव चौक, कदम चौक,सिडीयो कार्यालय हुँदै भैरव चौक,महावीर चौक, राम जानकी पेठीयाहुँदै दशरथ मंदिरमा पुग्यो । त्यहाँ दशरथ महराजलाई पूजा आरती गरेपछि रंगभूमि मैदानमा गयोे ।
त्यस्तै जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिका जानकी मन्दिरका महंथ महामण्डलेश्वर राम तपेश्वर दास वैष्णवको नेतृत्वमा दुलही जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी सोही रंगभूमि मैदानमा पु¥याइएको थिए।
दुलहा भगवान रामको स्वर्णिम डोलालाई दुलही जानकीको विशेष सुसज्जित डोलाले पांच पटक परिक्रमा गरेपछि स्वयम्वर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा रहि आएको छ । जानकी मंदिरबाट आएको जानकी जी डोलीले राम जी को डोलालाई पाँच पल्ट चारैैतिर घुमेपछि माला हेरफेर गरि स्वयंवरको रसम पुरा भयो। सो अवसरमा सैनिक हेलीकप्टरबाट पुष्पवर्षा गरिएको छ ।
त्यसपछि जन्ती नगरपरिक्रमा गरिदै जानकी मंदिर पुगेको थियो । राती राम मंदिर र जानकी मंदिर लगायत यहाँका विभिन्न राम जानकी मंदिरमा सनातन धर्म अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ ।
स्वयम्बर समारोह सकेर दुल्हा दुल्हीको डोला एवं झांकी सहितको हजारौंको संख्यामा रहेको जन्तीले नगर परिक्रमा गरी वैदिक विवाहस्थल जानकी मन्दिर पुगेर पछि विवाह संस्कार कार्यक्रम सम्पन्न भयो । यो प्रक्रिया यहाँका तमाम मठ मंदिरमा आयोजना हुँदै आएको हो ।
गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएनुसार राजर्षि जनकद्वारागरिएको प्रतीज्ञालाई अयोध्याका राजकुमार रामले धनुष भंग गरेर पुरा गरेकोले जगत जननी जानकीको विवाह उहांसंग भएको थियो । भौगोलिक दृष्टीकोणबाट दुई मुलुकमा रहेको अबध र मिथिला बीच आजका दिनमा पनि धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेका छ । यसै सम्बन्धका आनुसार अयोध्याबाट वरातीको रुपमा केही सन्त महंथहरु यहाँ आउनु भएका छन ।
विवाह पंचमीको अवसरमा यहाँ आउने श्रद्धालु भक्तजनहरुले एका विहानैदेखि गंगासागर, धनुष सागर दुधमति नदी लगायतमा मंसिर २२ गते स्नान गरेर भगवान श्री राम जानकीको दर्शन पूजन गर्नुभयो ।
रामकलेवा (विदाई) कार्यक्रम विहिवार आयोजना हुने छ ।
त्यस्तै राम मन्दिरबाट पुछारी भार जानकी मन्दिरमा पुगेपछि वैवाहिक कार्यक्रम सम्पन्न हुने छ ।
विवाहपंचमी दिन भन्दा अघि मंगलवार मटकोर र सोमवार तिलकोत्सव सम्पन्न भएको छ । तिलोकत्सवको अवसरमा जानकी दरबारबाट दही,च्युरा, खजुरीया, ठकुवा,खाजा,पिरुकीया, पुवा,मलपुवा,गाँजा,कसार (भुसुवा), पुरी,च्युरा लाई, मुडही लाई, सुन्तला,सेव,केरा लगायतका २५० भन्दा बढी भारसंगै महंथ रामतपेश्वर दास वैष्णव, साधुशन्त,धर्म अनुरागी राम दरबारमा पुगेका थिए ।
जानकी दरबारबाट निस्केको तिलोकत्सव समारोहमा सहभागीहुनेहरु नगरपरिक्रमा गर्दै राम दरबारको एक फन्को लगाएर तिलकोतसव स्थलमा प्रवेश गरेका थिए ।
राम मंदिरमा आयोजित तिलोकत्सव कार्यक्रमको सम्पूर्ण व्यवस्था यहाँका महावीर युवा कमिटीले गरेका थियो । महावीर युवा कमिटीका अध्यक्ष वलिराम साह ले तिलोकत्सव आयोजन गर्नुभएको थियो। त्यहाँ राम मंदिरका महंथ राम गिरी र जानकी मन्दिरका महंथ रामतपेश्वर दास वैष्णव सम्धीको रोलमा एक अर्कालाई अंगालो मार्दै मिलन गर्नुभयो ।
विवाहपंचमी महोत्सव सीताराममय बन्यो
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
2 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
3 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
3 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
4 दिन पहिले
संवाददाता
संवाददाता
