विवाहपंचमी महोत्सव सीताराममय बन्यो
4 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,मंसिर २२ गते । त्रेता युगमा भगवान राम र सीता बीच भएको वैदिक विवाहको यादास्त गर्दै आज यहाँ हजारौ हजार श्रद्धालु भक्तजनको बीचामा विवाहोत्सव मनाईयो ।
विवाह पँचमी तिथी अर्थात बुधवार राम मंदिरका महंथ राम गिरिको नेतृत्वमा निस्केको जैन्ती जनक चौक,शिव चौक, कदम चौक,सिडीयो कार्यालय हुँदै भैरव चौक,महावीर चौक, राम जानकी पेठीयाहुँदै दशरथ मंदिरमा पुग्यो । त्यहाँ दशरथ महराजलाई पूजा आरती गरेपछि रंगभूमि मैदानमा गयोे ।
त्यस्तै जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिका जानकी मन्दिरका महंथ महामण्डलेश्वर राम तपेश्वर दास वैष्णवको नेतृत्वमा दुलही जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी सोही रंगभूमि मैदानमा पु¥याइएको थिए।
दुलहा भगवान रामको स्वर्णिम डोलालाई दुलही जानकीको विशेष सुसज्जित डोलाले पांच पटक परिक्रमा गरेपछि स्वयम्वर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा रहि आएको छ । जानकी मंदिरबाट आएको जानकी जी डोलीले राम जी को डोलालाई पाँच पल्ट चारैैतिर घुमेपछि माला हेरफेर गरि स्वयंवरको रसम पुरा भयो। सो अवसरमा सैनिक हेलीकप्टरबाट पुष्पवर्षा गरिएको छ ।
त्यसपछि जन्ती नगरपरिक्रमा गरिदै जानकी मंदिर पुगेको थियो । राती राम मंदिर र जानकी मंदिर लगायत यहाँका विभिन्न राम जानकी मंदिरमा सनातन धर्म अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ ।
स्वयम्बर समारोह सकेर दुल्हा दुल्हीको डोला एवं झांकी सहितको हजारौंको संख्यामा रहेको जन्तीले नगर परिक्रमा गरी वैदिक विवाहस्थल जानकी मन्दिर पुगेर पछि विवाह संस्कार कार्यक्रम सम्पन्न भयो । यो प्रक्रिया यहाँका तमाम मठ मंदिरमा आयोजना हुँदै आएको हो ।
गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएनुसार राजर्षि जनकद्वारागरिएको प्रतीज्ञालाई अयोध्याका राजकुमार रामले धनुष भंग गरेर पुरा गरेकोले जगत जननी जानकीको विवाह उहांसंग भएको थियो । भौगोलिक दृष्टीकोणबाट दुई मुलुकमा रहेको अबध र मिथिला बीच आजका दिनमा पनि धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेका छ । यसै सम्बन्धका आनुसार अयोध्याबाट वरातीको रुपमा केही सन्त महंथहरु यहाँ आउनु भएका छन ।
विवाह पंचमीको अवसरमा यहाँ आउने श्रद्धालु भक्तजनहरुले एका विहानैदेखि गंगासागर, धनुष सागर दुधमति नदी लगायतमा मंसिर २२ गते स्नान गरेर भगवान श्री राम जानकीको दर्शन पूजन गर्नुभयो ।
रामकलेवा (विदाई) कार्यक्रम विहिवार आयोजना हुने छ ।
त्यस्तै राम मन्दिरबाट पुछारी भार जानकी मन्दिरमा पुगेपछि वैवाहिक कार्यक्रम सम्पन्न हुने छ ।
विवाहपंचमी दिन भन्दा अघि मंगलवार मटकोर र सोमवार तिलकोत्सव सम्पन्न भएको छ । तिलोकत्सवको अवसरमा जानकी दरबारबाट दही,च्युरा, खजुरीया, ठकुवा,खाजा,पिरुकीया, पुवा,मलपुवा,गाँजा,कसार (भुसुवा), पुरी,च्युरा लाई, मुडही लाई, सुन्तला,सेव,केरा लगायतका २५० भन्दा बढी भारसंगै महंथ रामतपेश्वर दास वैष्णव, साधुशन्त,धर्म अनुरागी राम दरबारमा पुगेका थिए ।
जानकी दरबारबाट निस्केको तिलोकत्सव समारोहमा सहभागीहुनेहरु नगरपरिक्रमा गर्दै राम दरबारको एक फन्को लगाएर तिलकोतसव स्थलमा प्रवेश गरेका थिए ।
राम मंदिरमा आयोजित तिलोकत्सव कार्यक्रमको सम्पूर्ण व्यवस्था यहाँका महावीर युवा कमिटीले गरेका थियो । महावीर युवा कमिटीका अध्यक्ष वलिराम साह ले तिलोकत्सव आयोजन गर्नुभएको थियो। त्यहाँ राम मंदिरका महंथ राम गिरी र जानकी मन्दिरका महंथ रामतपेश्वर दास वैष्णव सम्धीको रोलमा एक अर्कालाई अंगालो मार्दै मिलन गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
2 घन्टा पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
5 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
