+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

वडा दशैंसगै राजदेवीमाताको प्रत्यक्ष दर्शनबाट नारीहरु किन बंचित हुन्छिन

4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, असोज २६गते । असुर अर्थात राक्षसलाई मार्नको लागि ब्रम्हा, विष्णु, महादेव लगायतका देवताहरुले आ–आफ्नो तेजस्वी शक्तिबाट महादेवी, महाकाली, महागौरी, चामुण्डा लगायतका नामबाट दुर्गा माताको उत्पति भएको धर्मग्रन्थमा उल्लेखित छ ।
तर, दुर्गापूजाको अवसरमा हामी महिला नै राजदेवी माताको दर्शन गर्न पाउँदैनौ । यो कस्तो विडम्बना रहेको सभासद मिनाक्षी झाले बताउँछिन ।
ऐतिहासिक नगर जनकपुरधामको प्रतिक राममन्दिर र जानकी मन्दिरलाई मान्दै आएको हो । त्यसमा राम मन्दिर स्थित शक्तिस्वरुपा माता राजदेवीको वास स्थल रहेको छ । महिमा गरिमा तथा प्रभावशाली, दयालु तथा कृपालु माता हो भनि समाजमा राम्रो मान्यता रहेको छ । राजदेवी मातालाई सँधै पूजापाठ तथा दर्शन पूजनगर्दै आएको महिलालाई दुर्गापूजाको अवसरमा प्रत्यक्ष दर्शन गर्नबाट रोकिएको छ ।
महिलालाई प्रत्यक्ष दर्शन पुजन गर्नमा रोक उहिल्येदेखि लगाएको हो । उनिहरु दर्शन पुजन गर्न पाउने ठाउँमा समेत झ्याल समेत बन्द गरिएको छ ।
त्यसबारेमा राममन्दिरका महंथ राम गिरी भन्छन– हामीले महिलालाई दर्शन गर्नबाट रोकेको छैन । यो प्रचलन कुन वेलादेखी चलेको हो कसैलाई थाह छैन । परम्परा तोडदा केहि भयो भने जिम्मेवारी कस्ले लिने हो ।
राम मन्दिरका मंहथ गिरीले अगाडी भन्नुभयो, ‘रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइने परम्परा छ ।
उनि अगाडी थप्छन, ‘राजदेवी माताको तान्त्रिक विधिबाट पूजा हुने भएकाले महिलालाई गहवर भित्रमा प्रतिमा छोएर पूजाआजा गर्नबाट रोक लगाइएको हो ।’
माता महिला रहेकी छिन र एक महिलाले अर्को महिलालाई दर्शनगर्न नपाउनु प्रति अवश्य सामन्ति प्रवृतिको उपज हो आरोप गृहणीहरु बताउँछिन ।
धर्मग्रन्थमा महिलालाई संरक्षक सृजनाकर्ता मान्दै आएको ठाउँमा कसरी बोक्सीहुन सक्छ विचार राख्दैे समाजमा कसैबाट बदला लिनु परेको हुन्छ भने बोक्सीको आरोप लगाई कुटपीट गर्नु सजिलो उपाय रहेको छ ।
श्रद्धा भक्ति तथा आस्था पुर्वक मान्दै आएको राजदेवी मातालाई बडादशै ताका दर्शन पूजनमा रोक लगाएको राम्रो होइन । तर, केही दुष्ट प्रवृतिको महिलाले मातालाई रिझाउन सफल भएमा अनिष्टकारी सिद्धहुने श्रृतिपुराणमा उल्लेख हुँदै आएको छ ।
महंथ गिरी अगाडी थप्नुहुन्छ, २०२० सालमा नरेशानन्द गिरी नामका महन्तले यहाँको बलिप्रथा रोक्नु भएको थियो। बलि नचढाउँदा उनलाई अनिष्ट भयो र पछि क्षमापूजा गरी बलि चढाइएको पनि जनश्रृति रहेको हो उहाँ बताउनु हुन्छ ।
सभासद झा भन्छिन–पहिलाका व्यक्तिहरु अज्ञानी र अशिक्षित रहेको थिए । स्वास्थ्य सम्बन्धी समाजमा चेतना थिएन । औषधी थिएन तथा स्वास्थ्यकर्मीको अभाव रहदै आएको हुनाले मान्छेको मृत्यु निकै हुने गरेको थियो । त्यसवेला कुनै व्यक्ति को मृत्यु हुँदा फलानो ठाउँको देवी लाग्न गएको वा चिलानो महिला बोक्सी छिन ।
उनले नै मारिदिएको हो भनि आरोप लगाउँदै आएको थियो । र समाजले पनि मान्यता दिंदै आएका थिए । तर, आजकाल विज्ञानले सावित गरिदिए छ कि त्यो रोगबाट लाग्न गरेको हुन्छ । उनले हामी राजदेवी मातालाई हेर्न तथा दर्शन गर्न पाउनु पर्छ भनेर अधिकार मांगर्दै छिन ।
यसवर्ष नवरात्रा असोज २१ गते आरम्भ भई २९ गते सम्पन्न हुदैछ ।
मिथिला पंचागं अनुसार यो वर्ष माताको आगमन डोलीमा भएको छ भन्ने विदाई हाथी माथि भईरहेको छ । राम मंदिरका पण्डित गणेश झा का भनाई अनुसार देवी भगवतीको आगमन डोलीमा हुनु अशुभ र विदाई हाथीमा हुनु शुभ हो । उहाँले डोलीमा माताको आगमनले महामारीको संकेत देखाउँद छ । तर, यो सबै ठाउँको लागि लागु हुँदैन बताउँदै उहाँ थप्नुहुन्छ, जहाँको समाजले मातालाई पूजा आर्चा गरेर मनाइएकोे ठाउँमा केही नहुने छ ।
राजदेबी मंदिरमा घटस्थापना (कलश स्थापन) को साइत कार्तिक २१ गते विहिवार बिहान ११ बजे पछि रहेको छ । असोज २९ गते शुक्रबार देवी विसर्जन तथा टीका र प्रसाद ग्रहणका लागि बिहान ९ बजे भगवान रामको आरती पश्चात हुनेछ । तर, देवी माताको टिका प्रसाद जमरा दिन भरी लगाउने उल्लेखित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लिलाम गरेरै सकिए राजा बिरेन्द्रका गाई

जिरी ( दोलखा ) – राजतन्त्रको समाप्ती सगैं २०६५ सालमा नारायणहिटी राजदरबार काठमाण्डौंबाट दोलखाको जिरी गाई फार्मम..

7 घन्टा पहिले

सुनापतिको पर्यटनका कुरामा राजधानीमा बृहद् अन्तरक्रिया

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाको पर्यटन विकासको लागि राजधानी काठमाडौंमा सरोकारवाला निकाय विच अन्तरक्..

1 दिन पहिले

बफर खोलामा अस्थायी डाईभर्सन बनाएर साना सवारी साधन संचाल..

रामेछाप । केहि दिन अघी मन्थली नगरपालिका ८ र ११ को विचमा पर्ने बफर खोलामा आएको बाढीले डाईभर्सन बगाउदा अवरुद्ध भएको ..

2 दिन पहिले

पहिरोले गोठ किच्दा हलगोरु ठहरै

रामेछाप । गएराति आएको पहिरोले गोठ किच्दा रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ बालरुमा एक हल गोरु मरेका..

2 दिन पहिले

देबकोटाचोक सौन्दर्यकरणका लागि फुलका विरुवा रोपण

रामेछाप । मन्थली नगरपालिकाको देबकोटा चोककाे सडक किनारमा शहरी सौन्दर्यकरण अन्तरगत गमला राखेर विभिन्न जातका फुलक..

2 दिन पहिले