गोविन्द सेवा समितिको अध्यक्षमा सम्पादक साह निर्विरोध निर्वाचित
4 वर्ष पहिले प्रकाशित
कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र ८ गते । गोविन्द सेवा समितिको विशेष साधारण सभा ले दैनिक विश्व जागरण का सम्पादक रविन्द्र साह निर्विरोध निर्वाचित भएका छन ।
जनकपुरधाम उप महानगरपालिका –२३ बेला लादो गाउँ स्थित स्थापित श्री गणिनथा गोविन्द मन्दिर को पुजा आजा देखि संचालन तथा विकास निर्माण गर्ने जिम्मा पाएको गोविन्द सेवा समिति लाई दिएको छ । सो समितिको गत शनिवार सम्पन्न विशेष साधारण सभाबाट सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएका छन ।
गोविन्द मन्दिरको सभाकक्षमा आयोजित विशेष साधारण सभाले ११ सदस्यी कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । गोविन्द सेवा समितिमा उहिल्येदेखि चल्दै आएको निर्विरोध कार्यसमिति चयाल कार्यक्रमलाई यसपालिको विशेष साधारण सभामा पनि कायम नै रहन गएको छ ।
सो समितिको अध्यक्ष पदमा राघवेन्द्र साह, उपाध्यक्षमा सुजित साह,सचिवमा कैलाश साह, कोषाध्यक्षमा उमेश साह र सह सचिवमा ई.मुकेश साह निर्विरोध निर्वाचित भएका छन ।
त्यस्तै सदस्य पदमा डा.शम्भु साह,राकेश साह,राजेश साह,श्री किशोर साह,मुक्ति साह र जगदिश साह निर्विरोध निर्वाचित भएका छन ।
दुई वर्ष कार्यकाल हुने समितिले एक वर्ष भित्रमै विशेष साधारण सभा आयोजना गरि नयाँ नेतृत्वको लागि बाटो खोल्न गएको ले यो निर्वाचन सम्पन्न भएको छ । सो विशेष साधारण सभाको सभापतित्व निर्वतमान अध्यक्ष कैलाश साह को अध्यक्षतामा सम्पन्न भएको थियो ।
नवनिर्वाचित कार्यसमितिको प्रथम बैठकले पुरानो समिति संगको बरबुझारत गोविन्द जन्मोत्सव पछि आउने शनिवार अर्थात भाद्र २६ गते गर्ने निर्णय समेत गरेको छ ।
यसपाली गोविन्द पुजनोत्सव भाद्र १९ गते हुने भएको ले त्यसको तयारीलाई प्राथमिकता दिएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
3 घन्टा पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
5 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
