कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र ८ गते । गोविन्द सेवा समितिको विशेष साधारण सभा ले दैनिक विश्व जागरण का सम्पादक रविन्द्र साह निर्विरोध निर्वाचित भएका छन ।
जनकपुरधाम उप महानगरपालिका –२३ बेला लादो गाउँ स्थित स्थापित श्री गणिनथा गोविन्द मन्दिर को पुजा आजा देखि संचालन तथा विकास निर्माण गर्ने जिम्मा पाएको गोविन्द सेवा समिति लाई दिएको छ । सो समितिको गत शनिवार सम्पन्न विशेष साधारण सभाबाट सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएका छन ।
गोविन्द मन्दिरको सभाकक्षमा आयोजित विशेष साधारण सभाले ११ सदस्यी कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । गोविन्द सेवा समितिमा उहिल्येदेखि चल्दै आएको निर्विरोध कार्यसमिति चयाल कार्यक्रमलाई यसपालिको विशेष साधारण सभामा पनि कायम नै रहन गएको छ ।
सो समितिको अध्यक्ष पदमा राघवेन्द्र साह, उपाध्यक्षमा सुजित साह,सचिवमा कैलाश साह, कोषाध्यक्षमा उमेश साह र सह सचिवमा ई.मुकेश साह निर्विरोध निर्वाचित भएका छन ।
त्यस्तै सदस्य पदमा डा.शम्भु साह,राकेश साह,राजेश साह,श्री किशोर साह,मुक्ति साह र जगदिश साह निर्विरोध निर्वाचित भएका छन ।
दुई वर्ष कार्यकाल हुने समितिले एक वर्ष भित्रमै विशेष साधारण सभा आयोजना गरि नयाँ नेतृत्वको लागि बाटो खोल्न गएको ले यो निर्वाचन सम्पन्न भएको छ । सो विशेष साधारण सभाको सभापतित्व निर्वतमान अध्यक्ष कैलाश साह को अध्यक्षतामा सम्पन्न भएको थियो ।
नवनिर्वाचित कार्यसमितिको प्रथम बैठकले पुरानो समिति संगको बरबुझारत गोविन्द जन्मोत्सव पछि आउने शनिवार अर्थात भाद्र २६ गते गर्ने निर्णय समेत गरेको छ ।
यसपाली गोविन्द पुजनोत्सव भाद्र १९ गते हुने भएको ले त्यसको तयारीलाई प्राथमिकता दिएको जनाएको छ ।
गोविन्द सेवा समितिको अध्यक्षमा सम्पादक साह निर्विरोध निर्वाचित
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
2 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
3 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
3 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
4 दिन पहिले
संवाददाता
संवाददाता
