सेवा बचत तथा ऋण सहकारीद्वारा जनक छात्रावासमा सहयोग
4 वर्ष पहिले प्रकाशित
कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र ५ गते । यहाँका सेवा बचत तथा ऋण सहकारी संस्था ले जनक छात्रवासमा अध्ययनरत विद्यार्थीलाई ३० हजार बराबरको ड्रेस सामग्री सहयोग गरेको छ ।
जनजाति कल्याण आश्रम नेपालद्वारा जनकपुरधाममा संचालित जनक छात्रावास हो । यसमा बस्दै गरेका विद्यार्थीलाई उक्त ड्रेस एक समारोह बीच उपलब्ध गराईको छ ।
सेवा बचत तथा ऋण सहकारी संस्था का उपाध्यक्ष कृष्ण कुमार दीक्षितका अनुसार जनक छात्रावासमा रहेका विद्यार्थीलाई ट्रै–सुट र जुत्ता आवश्यकता भएको ले उपलब्ध गराएको हो ।
जाऔं वालौं दीपत्यहाँ, जहाँअझै अध्यारो छ नाराका साथ स्थापित जनक छात्रावास जनकपुरधाम प्रख्यात स्थल रत्न सरोवरको पश्चिम उत्तरी कुनामा संचालन भईरहेको छ ।
यस छात्रावासमा विपन्न जनजाति का बच्चाहरु निःशुल्क रुपमा अबास तथा खाना पाउँदै आएका हुन । यस छात्रावासको मुख्य उद्येश्य नै पैसाको अभावमा पठन पाठनबाट जनजातिका सन्तान बन्चित नहोस् ।
उहाँले अस्ता छात्रावास नेपालका ११ ठाउँमा संचालित रहेको जनाएका छन । समाजमा रहेका धार्मिक तथा सहयोगि हातहरुले यस संस्थामा चामल, दाल तथा नगद लगायत प्रदान गर्दै आएको बाट संचालन भईरहेको उहाँले थप्नुभयो ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
3 घन्टा पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
5 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
