कैलास दास, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ २७ गते । प्रदेश २ सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रदेश २ का पत्रकारहरुको हकहित तथा क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गर्न नेपाल पत्रकार महासंघ प्रदेश २ समितिले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
महासंघका प्रदेश अध्यक्ष राजेश कर्णले यहाँका पत्रकारहरु मधेश आन्दोलन देखि लिएर प्रदेश र देशको न्यायिक पक्षमा सधैं कलम चलाउँदै आएकोले पत्रकारहरुको हकहित र क्षमता अभिवृद्धिका लागि बजेटमा रकम विनियोजन गरी दिन आग्रह गरेका हुन ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई अध्यक्ष कर्णले १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा नेपाल पत्रकार महासंघ प्रादेशिक कार्य समितिको कार्यालय संचालन र व्यवस्थापन एवं कार्यालय भवन निर्माणका लागि उचित बजेट विनियोन हुनुपर्ने, कोरोना संक्रमणका कारणले प्रदेशका मृतक पत्रकार र संचार उद्यमीका परिवारका लागि राहत बजेटको व्यवस्था हुनुपर्ने, यस प्रदेशका पत्रकारहरुका लागि निशुल्क लागि स्वास्थ्य उपचार र स्वास्थ्य विमा र दुर्घटना विमाका लागि बजेटको विनियोजन हुपर्ने रहेछ ।
त्यसैगरी तीस वर्षदेखि पत्रकारिता गर्दै आएका पत्रकारहरुका लागि मासिक वृतिको व्यवस्था हुपर्ने, क्रियाशिल सञ्चारकर्मीहरुको व्यवसायिक सुरक्षा र वृत्तिविकासका लागि आवश्यक बजेटको व्यवस्था हुनुपर्ने, स्वरोजगारमूलक संचार संस्था र पत्रकारहरुका लागि सञ्चार उपकरणमा खरीदमा ब्याज अनुदान व्यवस्थाका लागि बजेटको व्यवस्था हुनुपर्ने, कोरोना भाइरसको संक्रमणबाट पीडित सञ्चारकर्मी र सञ्चार गृहहरुलाई एकमुष्ट राहत प्याकेजको लागि बजेटको व्यवस्था हुनुपर्ने, लोककल्याणकारी विज्ञापनका लागि बजेटको व्यवस्था हुनुपर्ने, प्रदेश नम्बर २ मा उत्पादन हुने विज्ञापनहरु प्रदेश २ कै सञ्चारमाध्यमहरुलाई उपलब्ध गराउनुपर्ने र.विभिन्न विधागत पुरस्कारहरुको व्यवस्था गर्नुपर्ने रहेको छ ।
यता आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले ध्यानाकर्षण पत्र बुझदै पत्रकारहरुको यी माँग जायज रहेकोले यी माँगहरु प्ुरा हुने गरी बजेट विनियोजनमा राखेको बताएका छन् । उहाँले भन्नुभयो—‘ध्यानाकर्षण पत्रका अधिकांश माँगहरु बजेटमा राखिसकेका छौ. । केही माँग छुटेको हुनाले यसलाई पनि राख्नेछौं ।’ उनले प्रेस काउन्सिल र प्राधिकरण मार्फत प्रदेश सरकार अगाडि बढिरहेकोले सोही अनुसार बजेट पनि छट्याउन लागेको बताएका छन् ।
पत्रकारहरुको हकहितका लागि बजेट विनियोजन गर्न पत्रकार महासंघ प्रदेश समितिको माँग
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
2 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
3 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
3 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
4 दिन पहिले
संवाददाता
संवाददाता
