रामेछाप । विश्व रक्तदाता दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय रामेछापले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी र जिल्ला अस्पताल रामेछापको प्राविधिक सहयोगमा भएको उक्त रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा जिल्लामा सर्वाधिक रक्तदान गर्ने व्यक्ति तथा रक्तदानमा उल्लेख्य भूमिका खेल्ने संघ संस्थाहरुलाई सम्मानित समेत गरिएको थियो ।