काठमाडौं । रामेछाप कर्मथलो बनाएर चिकित्सा सेवा, साहित्य र राजनीति गर्दै आएका डाक्टर सुमन कर्माचार्यले आफ्नो नयाँ कृति ‘कात्रोमा खल्ती’ नामक पुस्तक बजारमा ल्याएका छन् ।
आईतबार काठमाडौमा साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका नेता शेखर कोईरालाले उक्त कृतिको विमोचन गरेका छन् । डाक्टर कर्माचार्यका राष्ट्रिय मुलधारका पत्र पत्रिकामा प्रकाशित लेखरचना, निबन्ध र अन्तरवार्ता संग्रहित उक्त पुस्तकको विमोचन गर्दै कोईरालाले दुर्गम जिल्लामा बसेर स्वास्थ्य सेवा, राजनीति सगैं साहित्यको श्रृजना गरेकोमा कर्माचार्यको प्रशंसा गरे । डाक्टर कर्माचार्यको यसअघी ‘आत्माहरु बुद्ध भए’ र ‘देश दुखेको बेला’ कविता सङ्ग्रह प्रकाशित भइसकेका थिए । यो उनको तेश्रो कृति हो ।
समारोहमा उनको कृति माथि कथाकार भागरथी श्रेष्ठ, समालोचक तथा सम्पादक विमल भौकाजि र नेपाली साहित्यीक पत्रकार संघका राधेश्याम नेपालीले प्रकाश पारेका थिए । उक्त समारोहमा आयोजक संस्थाले कृतिका लेखक डाक्टर कर्माचार्यलाई सम्मान समेत गरेको थियो ।
