काठमाडौं । साहित्यकार राजेन्द्र वाग्लेद्वारा लिखित उपन्यास ‘अन्तिम छाल ’ को आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ ।
भुँडिपुराण प्रकाशनले प्रकाशन गरेको उक्त उपन्यासको पूर्व प्रधानन्यायाधीश सुुशिला कार्की, सर्बोच्च अदालतका पूर्व न्यायाधीश ईश्वर खतिवडा लगाएतले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।
लेखक तथा साहित्यकार वाग्लेले समाजमा घट्ने र सार्वजनिक सेवा प्रवाहको सिलसिलामा हुने उतार चढाव र प्रेम सम्बन्ध समेतलाई उक्त उपन्यासमा समेटिएको वताउनुभयो । गाईजात्राको अवसर पारेर आईतबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको उक्त उपन्यासले राजनीति, न्याय, बलिदान र प्रेम समेतका समाजका विविध पक्षलाई समेटेको विमोचन समारोहमा समालोकहरुले औंल्याउनु भएको छ ।
न्यायक्षेत्रमा लामो अवधि सम्म काम गरेको अनुभव भएका साहित्यकार वाग्लेले उक्त उपन्यासमा ‘आगो बनेर बल्न सक्छु ’ बोलको गीत केहि दिन अघी युटुबमा प्रशारित भइसकेको छ । । न्याय सेवामा कार्य गर्दै गर्दा पनि वाग्लेले छिटफुट रुपमा थुप्रै साहित्य श्रृजना गर्नुभएको थियो । उहाँको कराकारीतामा समेत रुचि रहेको छ । वाग्लेको उक्त उपन्यास पहिलो कृति हो ।
