रामेछाप । जगदीश घिमिरे स्मृति प्रतिष्ठानले यस बर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार पवन आलोकलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानले गत बर्षको लागि उक्त पुरस्कार साहित्यकार मिना चौलागाईलाई प्रदान गर्ने पनि जनाएको छ । गत बर्ष प्रतिष्ठानले उक्त पुरस्कार घोषणा गरेको थिएन ।
बरिष्ट साहित्यकार जगदीश घिमिरेले आफु जिवित रहदै स्थापना गरेको प्रतिष्ठानले साहित्य र पत्रकारीताको क्षेत्रमा उल्लेख्य रुपमा काम गर्ने साहित्यकार र पत्रकारहरुलाई उक्त पुरस्कार वितरण गर्ने गरेको छ । यसअघी उक्त पुरस्कार मनु ब्राजाकि र रोचक घिमिरे लगाएतले प्राप्त गरीसकेका छन् ।

प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा आउदो शनिबार मन्थलीमा आयोजना हुने साहित्यीक कार्यक्रममा दुवै जना साहित्यकारलाई सम्मान सहित उक्त पुरस्कार हस्तान्तरण गर्ने जनाइएको छ । पुरस्कारको राशि ५१ हजार रहेको छ ।

प्रतिष्ठानले यसका अतिरिक्त साहित्य र विद्यार्थीहरु विचमा बक्तृत्वकलाको समेत आयोजना गर्ने जनाएको छ । मल्टिपल माईलोमा क्यान्सरबाट पिडित भएपछि घिमिरेले २०६३ साल देखि हरेक बर्षको हिउँदमा रामेछापको मन्थलीमा साहित्य सम्मेलनको आयोजना गरी राष्ट्रिय तथा स्थानीय साहित्यकार एकाकार गरी साहित्यको चर्चा गर्ने गरेका थिए । घिमिरेको २०७० साल कात्र्तिक १४ गते क्यान्सरका कारण ओम अस्पताल काठमाडौंमा निधन भएको थियो ।