रामेछाप । नेपाली काँग्रेस रामेछापले वडा, प्रदेश, पालिका र जिल्ला स्तरका सम्मेलन गर्ने भएको छ । नेपाली काँग्रेसका कार्यबाहक जिल्ला सभापति लेखवहादुर कार्कीको अध्यक्षतामा आईतबार बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । सम्मेलनहरु सम्पन्न गर्नका लागि वडा तह सम्म प्रतिनिधि खटाउने निर्णय समेत गरेको छ ।
निर्णय बमोजिम जिल्लाका सबै वडामा चैत २३ गते वडा सम्मेलन, बैशाख ९ गते सबै पालिकामा पालिका स्तरको सम्मेलन, बैशाख २७ गते दुवै प्रदेशमा प्रदेश सम्मेलन र चैत २३ र २४ गते जिल्ला सम्मेलन हुनेछन् । बैठकले जेठ भित्र काँग्रेसको रामेछाप काठमाडौ सम्पर्क समितिको अधिवेशन गर्ने समेत निर्णय गरेको जनाइएको छ ।
