निष्ठाको राजनीति मेटिदै गयो – महर
8 महीना पहिले प्रकाशित
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महरले राजनीति गर्ने मानिस समाज सगैं रुपान्तरण हुदाँ हिजोको जस्तो निष्ठाको राजनीति मेटिदै गएको वताएका छन् ।
नेपाली काँग्रेसका नेता तथा पूर्व सहायक मन्त्री स्वर्गीय रामहरी ढुंगेलको आठौं स्मृति सभाका अवसरमा काठमाडाैंमा आईतबार आयोजित कार्यक्रममा बोल्दै महरले काँग्रेसका हरेक मानिसले आचरण र व्यवहार सुधार्ने अनि राजनीति प्रतिको निष्ठालाई जोगाउदै इमान्दारिताका साथ काम गर्न सक्यो भने केहि गर्ने अवस्था रहेको वताए । उनले स्वर्गीय ढुंगेलको पार्टी प्रतिको लगाव, त्याग, आन्दोलन, आचरण र व्यवहारको अनुसरण गर्नुपर्ने कुरा उल्लेख गरे । पार्टीका सवै तहका कार्यकर्ताहरुले अधिकार भन्दा पनि कर्तव्य भुल्नु नहुने भन्दै महरले समाजबाट राजनीति आलोचित हुदै गएकोमा चिन्ता व्यक्त गरे ।
रामहरी ढुंगेल स्मृति प्रतिष्ठानका अध्यक्ष अश्विन ढुंगेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काँग्रेस नेतृ तथा संविधानसभा सदस्य रमा गुरागाईले स्वर्गीय ढुंगेल राजनीतिमा त्यागि, सादगि र विकासका लागि हुटहुटी भएको नेता भएको स्मरण गरिन । उनले आफुले रामेछापका दुर्गम स्थानमा पानी र बिजुलीका लागि स्वर्गीय ढुंगेलको आग्रहमा धेरै काम गरेको चर्चा गरिन ।
उनले पार्टी भित्र बिपी र गणेशमान नचिन्नेको विगबिगी भएकोमा चिन्ता प्रकट गर्दै भनिन् – अव काँग्रेसले काँग्रेस चिन्यो भने केहि गर्नु नपर्ने दिन आएका छन् । स्वर्गीय ढुंगेल जस्तै त्याग र पार्टी प्रति समर्पण भएका १ हजार मानिस भए पुग्छ, धेरै भिडको काम छैन् । गुरागाईले अवको काँग्रेस एक्लै निर्वाचनमा जान सक्ने सबल र बलियो बन्नु पर्नेमा जोड दिईन् ।
कार्यक्रममा नेपाली काँग्रेस रामेछापका नेता तथा पूर्व जिल्ला सभापति रामचन्द्र खड्काले नेपालमा कठिन अवस्थामा स्वर्गीय ढुंगेलका साथ क्रान्ति मार्फत नेपालमा व्यवस्था परिवर्तन गर्न सकिन्छ भनेर आन्दोलनमा होमिएको स्मरण गरे । उनले निष्ठा र आदर्शको राजनीति गर्ने ढुंगेललाई अल्पआयुमा गुमाउनु परेको वताए । कार्यक्रममा स्वर्गीय ढुंगेलको तस्विरमा माल्यार्पण गर्नुका साथै उनको स्मरणमा मौनधारण गरीएको थियो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
