स्ववियु निर्वाचनमा गठवन्धन हुन सकेन, बेग्ला बेग्लै उमेदवारी
9 महीना पहिले प्रकाशित
रामेछाप । स्वतन्त्र विद्यार्थी युनियनको चैत ५ गते हुने निर्वाचनका लागि मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा पनि विद्यार्थी संघ, संगठनहरुले मङ्गलवार मनोनयन दर्ता गराएका छन् ।
रामेछाप जिल्लामा यो मात्र स्ववियु निर्वाचन हुने क्याम्पस हो । मंगलबार नेपाली काँग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्वियु र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) एक्ला एक्लै समूह बनाएर उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि सत्तारुढ दल र प्रतिपक्ष दुवैले गठवन्धन गरेर जान खोजे पनि अध्यक्ष पदमा कुरा नमिलेपछि बेग्ला बेग्लै उमेदवारी परेको हो ।
नेविसंघबाट अध्यक्षमा विपुल रोका, सचिवमा युवराज बुढाथोकी, कोषाध्यक्षमा छाया तामाङ र सदस्यहरूमा कर्ण श्रेष्ठ, अमृता माझी, रोमन श्रेष्ठ, अवीजन श्रेष्ठ र कालिका महतले मनोनयन दर्ता गराएका छन् ।
अनेरास्ववियुबाट अध्यक्षमा सुशील थापा, सचिवमा मुकेश भण्डारी (डेनिस), कोषाध्यक्षमा मसली तामाङ र सदस्यहरूमा यलिना माझी, स्वस्तिका सुवेदी, तुलसा उप्रेती, जीवन पहरी र मनोज श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
यस्तै अखिल (क्रान्तिकारी)बाट अध्यक्षमा अनोज भुजेल, सचिवमा विनीता माझी, कोषाध्यक्षमा राज श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । निर्वाचनबाट कूल १५ सदस्यीय स्ववियुको क्याम्पस समिति बन्नेछ । जसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित ८ पदका लागि निर्वाचन हुनेछ । उपाध्यक्ष र सह–सचिव सहित ७ पद बन्द सूचिमा जाने व्यवस्था रहेको छ । मन्थली क्यम्पसमा ५३१ जना मतदाता रहेका छन् ।
कमेन्ट गर्नुहोस्
बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा
रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..
12 घन्टा पहिले
रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै
रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..
22 घन्टा पहिले
रामेछापका मदिरा व्यवसायी संगठित
रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..
2 दिन पहिले
पाँच स्वास्थ्य शिविरमा १ हजार ४ सयको उपचार
रामेछाप । अमेरिकाको ग्लोबल फष्ट रेस्पोण्डर र तामाकोशी अस्पतालका चिकित्सकहरुले विभिन्न ५ स्थानमा निशूल्क स्वास..
2 दिन पहिले
सुनापतिको लुभु देखि हिलेदेवि सम्म अवको केहि महिनामै काल..
रामेछाप । पश्चिमी रामेछापको लुभु देखि हिलेदेवि सम्मको कष्टकर सडक यात्रा अवको केहि महिनामा हटाउने गरी सडक सुधारक..
3 दिन पहिले
संवाददाता
