रामेछाप । बरिष्ट मृर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेको परिवारले स्थापना गरेको मालश्री काफ्ले मेमोरियल ट्रसले सोमबार मन्थली नगरपालिका ४ को सेतिदेवि मावि सालुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा नगद पुरस्कार वितरण गरेको छ ।
मालश्री काफ्ले मेमोरियल ट्रसले सेतिदेवि माविको कक्षा १२ मा अध्ययन गर्ने १२ जना विद्यार्थीहरुलाई नगद १० हजारको दरले पुरस्कार र शैक्षिक सामाग्री वितरण गरेको हो । त्यसैगरी गत बर्षको एसईइ परिक्षामा उत्कृष्ट अङ्क ल्याउने २ जना विद्यार्थीलाई समेत नगद पुरस्कार र मेडल प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र वस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बरिष्ट मृर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्ले , उनकी धर्मपत्नी एलिना काफ्ले, मन्थली ४ का वडा अध्यक्ष राजनप्रसाद घिमिरे, व्यवस्थापन समितिका सदस्य प्रकाश खड्का र प्रअ गगनकुमार श्रेष्ठले विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई ट्रसले गरेको सहयोगको चर्चा गरेका थिए ।
ट्रसले केहि बर्ष देखि सालुमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ । सालु डा. काफ्लेको जन्मथलो हो ।
